Jilla Ban Notis

हाम्रो सुपर सहकारी संस्थाको जिमिरेभारमा सेवा केन्द्र शुरु

0 27

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२१
बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा केन्द्रिय कार्यँलय रहेको हाम्रो सुपर सहकारी संस्थाले आज एक कार्यक्रममा विच जिमिरेभारमा आफ्नो सेवा केन्द्रको समुद्घाटन गरेको छ । संस्थाकी अध्यक्ष माया पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं ७ का वडाध्यक्ष्ँ धुब्र थारुको प्रमुख आतिथ्यतामा सेवा केन्द्रको समुद्घाटन गरीएको थियो ।

समुद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी,नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष तथा संस्थाका सल्लाहकार चन्द्र ढकाल,बर्दघाट साना किसान सहकारी संस्थाका अध्यक्ष पशुपति न्यौपाने,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,जिमिरेभार बजार विकास समितिका अध्यक्ष नर बहादुर थापा,त्रिनेत्र धामका केन्द्रीय अध्यक्ष नवराज श्रेष्ठ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले हाम्रो सुपर सहकारी संस्थाले स्थानिय रुपमा आफ्नो छुट्ट्रै पहिचान बनाएको बताउदै नाम जस्तै सबैमांझ सुपर बन्न सकोस भन्ने कामना गरेका थिए । त्यसैगरी संस्थाको पुंजी र लगानी गर्ने तौरतरीका एवं असुलीको नितिगत मितविय निति राम्रो रहेको समेत बताएका थिए ।

अहिलेको अवस्थामा बैकहरु मर्च भैरहदा सहकारीहरु पनि मर्च हुन जरुरी देखिएको उनीहरुको भनाई रहेको थियो । छरीएर रहेको पुंजीलाई एकृतगरी लगानी गरेमा धेरै मानिसहरुका आवश्यकता पुरा गर्न सकिने भएकाले अहिले समान उदेश्य लिएका सहकारीहरु मर्च हुन जरुरी रहेको उनीहरुको भनाई रहेको थियो ।

अहिले पुजीं संस्थागत रुपमा मात्र नभै ब्यक्तिगत ढंगले पनि छरलिएको बताउदै अब त्यसलाई संकलन गरेर एकृत ढंगवाट लगानी गर्न जरुरी रहेको बताएका थिए । त्यसैगरी सहकारीहरु पार्दशी र मितव्ययी हुन जरुरी रहेको उनीहरुको भनाई रहेको थियो । सहकारीहरु लगानी मैत्री मात्र हैन अब सामाजिक कार्य र उत्पादनसंग जोडीएर लगानी गर्न जरुरी रहेको बताएका थिए ।

संस्थाका उपाध्यक्ष शिव प्रसाद पौडेलको स्वागतवाट शुरु भएको कार्यक्रमको संचालन सचिव खेमराज सुवेदीले गर्नु भएको थियो ।

हाम्रो सुपर सहकारी संस्थाको पहिलो शाखा भटौलीयामा

हाम्रो सुपर सहकारी संस्थाले विहिवार एक कार्यक्रममा विच भटौलीयामा आफ्नो सेवा केन्द्रको समुद्घाटन गरेको छ । बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलले सो शाखाको समुद्घााटन गर्नु भएको हो ।

संस्थाकी अध्यक्ष माया देवि पौडेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सो शाखाको समुद्घाटन गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.