Jilla Ban Notis

स्वास्थ्य निर्देशनालयमा बर्दघाट खानेपानीको चर्चा,तालीम कै सेसन र अध्ययनको मुकाम बन्यो बर्दघाट

0 30

कृष्ण ढकाल
बर्दघाट,असार–२५

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेश स्तरीय तालीममा सहभागिहरुले शनिवार बर्दघाटको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजनाका वारेमा अध्ययन अवलोकन गरेका छन् ।

प्रदेश भरका स्वास्थ्य क्षेत्रका ल्याप टेक्निसियनहरुलाई केन्द्रित गरेर बुटवलमा आयोजना गरीएको ३ दिवसीय तालीममा दोस्रो दिन फिल्ड अनुगमन सहितको कार्यक्रम अन्र्तगत बर्दघाट खानेपानीलाई आफ्नो रोजाईमा पारेर लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले सहभागि लिएर नवलपरासी आएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खिमलाल पाण्डेको नेतृत्वमा आएको उक्त टोलीमा खानेपानी सुरक्षा योजनाका प्रशिक्षक सुमन सापकोटा,निम प्रसाद गिरी, खुम प्रसाद खनाल लगाएत तालीममा सहभागि विभिन्न स्वास्थ्य कार्यालय,अस्पतालहरु र पालिकाहरुवाट तालीममा सहभागि रहनुभएका सहभागिहरु बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरइाा योजनाको अध्ययन अवलोकन गर्न आएको लागि आउनु भएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत आउनु भएका सबैलाई बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो ।

संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता सचिव धन बहादुर गुरुरुङ्गको संचालन र उपाध्यक्ष दिपक लम्सालको स्वागतमा भएको स्वागत कार्यक्रममा संस्थाका कार्यसमिति,लेखा समितिका सदस्यहरु सहित पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

स्वागत पश्चात टोलीलाई खानेपानीको सम्पूर्ण सुरक्षा योजनाका वारेमा जनाकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.