Jilla Ban Notis

स्ववियु सभापति र क्याम्पस ब्यवस्थापन समितिको अध्यक्ष को बन्ला ?

0 380

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२

दिब्य ज्योती बहुमुखि क्याम्पस बर्दघाट–२ चिसापानीमा स्ववियु निर्वाचनका लागि यतिवेला बिभिन्न राजनितिक पार्टी निकटका बिद्यार्थी संगठनहरु अन्तिम चुनावी रणनीतिमा जुटेका छन् । नवलपरासीका अन्य क्याम्पसहरुमा पनि स्ववियु निर्वाचनको माहोल निक्कै तातेर गएको छ ।

क्याम्पसको बिद्यार्थी नेतृत्व आफ्नो पार्टी निकटका बिद्यार्थी संगठनहरुको हातमा पार्न भन्दै बिभिन्न पार्टीहरुले समेत चुनावी माहौललाई जोड घटाउ गर्दै लागि परेका छन ।

२०४७ सालमा क्याम्पस स्थापना भएसंगै शैक्षिक वर्ष २०४७ साल देखि नै मानविकी तथा सामाजिक विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक कार्यक्रम सुरु गरेको बर्दघाट–२ चिसापानीमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पसमा यति बेला दुई बिद्यार्थी सुमह बिच चुनाबी प्रतिष्प्रद्या हुने भएको छ ।

नेकपा एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी (बहुमत) निकटको बिद्यार्थी संगठन क्रान्तिकारी बिद्यार्थी संगठनले चुनावी तालमेल गरी अखिलवाट किरण बस्याल सभापति र्र क्रान्तिकारी (बहुमत)वाट सन्देश सापकोटा सचिव रहने गरी संयुक्तत प्यानल चुनावी मैदानमा उत्रेको छ भने अर्काे तर्फ नेपाली काँन्ग्रेस निकटको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघका बसन्त गिरीले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र पार्टी निकटको बिद्यार्थी संगठन क्रान्तिकारी बिद्यार्थी संगठनसंग समेत चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रेको छ ।

अहिले नवलपरासीमा नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्वमा शेरबहादुर देउवा र शेखर कोइराला पक्षले अलग अलग मनोनयन दर्ता गराए पछि भएको सहमतिमा चलेको शितयुद्धको फाइदा एमाले अखिलले लिन सक्ने सम्भावना पनि रहेको राजनिति वृत्तमा चर्चा चलेको छ ।

सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन ः

स्ववियु निर्वाचनका लागि प्रचारप्रसारको समयावधी आज मध्यरातिदेखि सकिदैछ । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न भने पाएका छैनन् । त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन ।

आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । स्ववियु निर्वाचनका लागि चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।

अहिले सम्मको स्ववियु नेतृत्व ः

२०४८ साल देखि स्ववियु निर्वाचन हुदै आएको दिब्य ज्योती बहुमुखि क्याम्पस ,बर्दघाट–२ चिसापानीमा अहिले सम्म अनेरास्ववियुले स्ववियुको नेतृत्व सम्हाल्दै आएको छ । विचमा नेपाल बिद्यार्थी संघले दुई पटक नेतृत्वलिन सफल भए पनि अनेरास्ववियुले आफ्नो अधिपत्य जमाउदै आएको ऐतिहासिक दस्तावेजले देखाएको छ ।

२०४७ सालमा क्याम्पस स्थापना भएपछि पहिलो पटक २०४८ सालमा भएको स्ववियु निर्वाचनवाट निर्वाचीत अनेरास्ववियुका रुद्र प्रकाश उपाध्याय (हाल नगर उप–प्रमुख)ले दिब्य ज्योती बहुमुखि क्याम्पस ,बर्दघाट–२ चिसापानीमा स्ववियुको नेतृत्व गर्ने पहिलो स्ववियु सभापति रहनु भएको थियो । त्यसपछि अनेरास्ववियुका सुन्दर कट्टेलले स्ववियुको नेतृत्व लिनुभयो भने उहांपछि अनेरास्ववियुवाट खोसेर नेबिसंघका प्रवल रेग्मीले स्ववियुको नेतृत्व लिन सफल हुनुभएको थियो ।
तेस्रो पटकको स्ववियुको नेतृत्व नेविसंघले लिन सफल भएपनि त्यसपछिको नेतृत्व भने पुनः अनेरास्ववियुका प्रकाश ज्ञवालीले लिनुभएको थियो भने त्यसपछि फेरी नेबिसंघका केशव पाण्डेले स्ववियुको नेतृत्व लिनु भएको थियो । यसरी रस्साकस्सीमा चलेको नेतृत्व लिने कार्यमा त्यसपछिको नेतृत्व फेरी अनेरास्ववियुका प्रितम पौडेलले लिनु भयो भने उहाँपछि पनि अनेरास्ववियुका प्रकाश पाण्डेले स्ववियुको नेतृत्व गर्दै आउनु भएको छ । अब हेरौं यसपछि अनेरास्ववियुका किरण बस्यालले नेतृत्व समल्ने छन कि नेबिसंघका बसन्त गिरीले त्यो भने आगामि चैत्र ५ गते पछि मात्र भन्न सकिने छ ।

अहिले सम्म स्ववियु नेतृत्वले गरेको परिणाममुखि काम  ?

दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीमा अहिले सम्म सात बटा स्ववियु नेतृत्वहरु परिर्वतन भैसके तर क्याम्पसमा देखिनेगरी कुनै पनि रचनात्मक कार्य गरेको भने पाईएको छैन । बिभिन्न प्रकारका कक्षा सञ्चालन गर्न पहल गर्ने देखि क्याम्पसको भौतिक पूर्वाधार विकास, विद्यार्थी अनुपातमा कक्षा कोठा, विषयगत आवश्यकताका आधारमा आधुनिक सुविधा सम्पन्न छुट्टाछुट्टै ल्याबको व्यवस्था, सफा शौचालय, शुद्ध खानेपानी , छात्रवास निर्माण लगाएतका थुप्रै एजेण्डाहरु लिएर बिद्यार्थी नेताहरुले नेतृत्व लिने त गरे तर उनीहरुले भनेका प्रतिवद्धता कति पुरागरे कति गरेनन् समिक्षा गर्ने बेला आएको छ ।

त्यतीमात्र हैन स्ववियु निर्वाचनका बेला नेताहरुले झै विद्यार्थीलाई स्वास्थ्य वीमा पूर्णरुपमा कार्यान्वयन, पर्याप्त पुस्तक सहित आधुनिक लाईब्रेरी, छात्रालाई सेनिटरी प्याड र सिकाईलाई प्रविधियुक्त डिजिटल बनाउने एजेण्डा अघि सारेर आम विद्यार्थीको विश्वास जित्ने गर्दछन तर परिणम भने २०४८ साल देखि अहिले सम्म स्ववियु नेतृत्वले साईकल स्टेण्ड निमार्ण बाहेरका उल्लेखनिय रचनात्मक कार्यतर्फ ध्यानपुगेको भने देखिदैन ।

क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष  ?

स्ववियु निर्वाचनसंगै पश्चिम नवलपरासी जिल्ला कै ठूलो क्याम्पसका रुपमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पस ,बर्दघाट–२ चिसापानीमा अहिले विद्यार्थी संगठनहरुको नेता चुन्ने मात्र हैन संयोगबस त्यस क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको समेत अध्यक्ष चुन्ने होटबाजी चलीरहेको छ ।

ब्यवस्थापन समितिको सदस्यहरुमा त सहमति गर्न सक्ने केहि अवस्था रहेपनि अध्यक्षका लागि भने चुनाव नै हुने निश्चित भएको छ । सकेसम्म सहमतिवाट नै अघि बढ्ने भन्दै अहिले सम्म क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष पदका लागि विभिन्न राजनितिक दलहरुले छलफल चलाई रहेका छन तर पनि टुङ्गीने अवस्था भने देखिएको छैन ।

अहिले बर्तमान अवस्थामा नेकपा समाजवादीका वृहस्पति अधिकारीले क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा रहेर कार्य गरीरहदा अको नेतृत्वका लागि भने नेकपा एमालेले पुण्य प्रसाद पौडेललाई अघि सारेको बुझिएको छ भने नेपाली कान्ग्रेसको साथ लिएर केहि समय अघि मात्र स्वतन्त्र बनेका यम बहादुर थापा (जे.के.)ले पनि क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष पदको दावेदार रहेको बुझिएको छ ।

यता केहि राजनितिक दलका नेताहरुका अनुसार यदि सर्ब सहमति भएमा नेकपा एमाले र नेपाली कान्ग्रेसका निर्वतमान जनप्रतिनिधिहरुले पनि क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर कार्य गर्ने ईच्छा जाहेर गरेका छन् । यसरी ईच्छा जाहेर गर्नेमा दिब्य ज्योती बहुमुखि क्याम्पस का पूर्व स्ववियु सभापति प्रितम पौडल पनि रहेको बुझिएको छ ।

एकले अर्काको अस्तित्व स्विकार्न नसकेकै कारण जन्मीएको परिणाम ः

क्याम्पस स्थापनाकाल देखि नै आफ्नो हालिमुहाली चलाउदै नेतृत्व समाल्दै आएको नेकपा एमाले निकटका ब्यीक्तहरुले क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष पद बाहेकमा सहमति गर्न तयार रहने परिपाटीका कारण नेपाली कान्ग्रेसले पनि त्यो क्याम्पसमा आफ्नो वर्चश्वहुनेगरी कहिल्यै पनि क्याम्पस संचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष पद नपाउने देखेर केहि बर्ष अघि अर्काे दाउन्ने ज्योती बहुमुखी क्याम्पस स्थापना गरी संचालन गरेको छ ।
यसरी एकले अर्काको अस्तीत्व स्विकार्न नसकेकै कारण बर्दघाट नगरको शैक्षिक गुणस्तरमा समेत असर परेको छ भने शैक्षिक संस्थाहरु संचालनका लागि भौतिक तथा आर्थिक देखि लिएर बिद्यार्थी र प्रध्यापकहरुको समेत संकट पर्ने गरेको छ ।

अन्तमा ः

नवलपरासी जिल्लाको राजनितिक नेतृत्वका हिसाबले समेत अग्रस्थानमा रहेको बर्दघाट नगरमा हरेक पार्टीबाट संघ,प्रदेस र जिल्लाका जिम्मेवार नेताहरुको गृह नगरका रुपमा चिनिने स्थानका शैक्षिक संस्थाहरुको सुध्रिढीकरण गर्न र बर्दघाट नगरलाई शैक्षिक हबका रुपमा विकास गर्न तर्फ जती ध्यान जानुपर्नेहो त्यत्ति गएको पाईदैन । नगरको शैक्षिक गुणस्तर सुधार्न तर्फ बेला बेलामा शैक्षिक बहश तथा अन्तरक्रियाहरु र योजनाबद्ध रुपमा वार्षीक कार्ययोजना अहिले सम्म कहि कतैबाट आउन सकेको छैन ।
जस्ले गर्दा बर्दघाट नगरका सयौं बिद्यार्थीहरु आफ्नो नगरछोडेर अन्यत्र पढ्न जानुपर्ने बाध्यता सृजना भएको छ । त्यत्ति मात्रहैन दैनिक रुपमा छिमेकी जिल्लाहरुवाट १५ बढी स्कुल तथा क्याम्पसका बसहरुले बर्दघाट नगरबाट बिधार्थीहरु लैजाने गरेका छन । नगरका बिद्यार्थीहरुलाई नगरकै शैक्षिक संस्थाहरुमा पढ्न मिल्ने बातावारण सृजना गर्ने तर्फ सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

 

Leave A Reply

Your email address will not be published.