Jilla Ban Notis

स्थानीय युवाहरुको सक्रियता १२ नं वडाभित्र उच्च निगरानी

0 16

 

फूलकुमारी
बर्दघाट, बैशाख ४
बर्दघाट वडा नं.१२ का स्थानीय युवाहरुको सक्रियता १२ नं. वडाभित्र उच्च निगरानी बढेको छ । लकडाउनको समयमा अनावश्यक हिडडुल गर्ने सवारी चालक तथा अपरिचित व्यक्तिहरुको समुहलाई स्थानीय युवाहरुले विशेष निगरानी गरेका छन । दुरि कायम नगरि खाद्यान्न बिक्रिवितरण गर्ने व्यावसायी तथा खरिद उपभोक्ताहरु लाई लकडाउनको अनिवार्य रुपमा पुर्ण पालना गर्नु पर्ने सुझाव दिइएको छ । लक डाउनको समयमा मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रणको लागी १२ नं. वडाका आम व्यावसायी र उपभोक्ताहरु लाई निगरानी खटिएका स्थानीय युवाहरुको समुहले खबरदारी समेत गरेका छन् ।
त्यसैगरी बर्दघाट १२ भटौलिया बजारमा अनुगमन समिति द्वारा अनुगमनमा आएका र टाढाबाट पैदल हिँडेर आएका मजदुरहरुलाई खाजा को व्यवस्था समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.