Jilla Ban Notis

सुस्ता गाउंपालिका वडा नं. एक मा बोरीङ्ग गाड्ने कार्यशुभारम्भ ।

0 32

कृष्ण ढकाल
बर्दघाट,असार–१५
सुस्ता गाउंपालिकाले आफ्नो वडा नम्बर १ का स्थानिय वासीन्दाहरुलाई शुद्ध पिउने खानेपानी उपलब्ध गराउका लागि बोरीङ्ग गाड्ने कार्यको शुभारम्भ गरेको छ । आज वनदेवी, सिंगहा, बरुवा खानेपानी आयोजनाले बोरिङ गाड्नेकार्यको थालनी गरेको छ । बोरीङ्ग गाड्ने कार्यशुभारम्भ गर्नु अघि सुस्ता गाउंपालिका अध्यक्ष रामप्रसाद पाण्डेद्धारा बोरीङ्ग गाड्ने स्थानमा पाठ–पुजागराई शिलन्यास गरीएको थियो । आज शुरु गर्न थालिएको खानेपानी योजनाले सुस्ता गाउंपालिकाको वडा नम्बर १ का वनदेवी, सिंगहा, बरुवा क्षेत्रका झण्डै ६ सयबढी घरधुरी लाभान्वीत हुने गाउंपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भएको छ।
संघिय सरकारबाट विनियोजन भएको शसर्त अनुदान तर्फको ८० लाख मध्येबाट २५ लाखको लागतमा उक्त आयोजना सम्पन्न् गरीने सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभएको छ । संघिय सरकारबाट विनियोजन भएको शसर्त अनुदान तर्फको ८० लाख मध्येबाट गाउंपालिकाले १५ लाख मदरबाबा खानेपानीलाई विनियोजना गरेको छ भने १५ लाख नरसहि खानेपानीलाई र २० लाख पत्थरकल्ला खानेपानीलाई विनियोजन गरेको छ । त्यसैगरी ५ लाख कुडिया खानेपानी आयोजनाको सामाग्री खरीदका लागि विनियोजन गरिएको सुस्ता गाउंपालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.