Jilla Ban Notis

सुस्ताको रामनगरमा आगोलागि हुंदा घर जलेर नस्ट ।

0 34

श्याम थापा
सुस्ता,बैशाख

नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगोलागि हुंदा घर पुर्ण रूपमा जलेरनस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगोलागिहुंदा घर पुर्ण रूपमा जलेरनस्ट भएको छ । मियाको घरमा आगोलागी हुदां खाद्यान्न,लत्ताकपडा,एक मोटरसाइकल,४ वटा बाख्रा,बिधुतिय सामग्री,आवश्यक कागजात र नगद रकम ५ हजार सबै जलेर नस्ट भएको छ भने करिब ३ लाख ५० हजार बराबरको क्षति रामनगर प्रहरी चौकी पक्लिहवाले जनाएको छ ।
मियाको घरमा लाएको आगोलाई स्थानीय र प्रहरी चौकी रामनगरको प्रयासमा नियन्त्रणमा लिएको हो । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँ पालिकाबाट एक बोरा चामल सहितखाद्यान्न सामग्री र घर निर्माणका लागि २० थान जस्तापाता पीडित मियालाई सहयोग गरेका छ्न । भने सविधानसभा सदस्य देवकरण कलवारले ५ हजार आर्थिक सहयोग गरेका छ्न ।

Leave A Reply

Your email address will not be published.