Jilla Ban Notis

सुर्यनगर गोल्डकपमा शुक्रवार भएको खेलमा फर्साटिकर एफ सि रुपन्देहीले जित हात पार्न सफल ।

0 22
मुक्ती तिवारी
बर्दघाट, फाल्गुन २
बर्दघाट नगरपालिकाको संरक्षकत्व तथा नवयुवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजनामा माघ २५ गतेबाट जारी पाचौ सस्करणको सुर्यनगर गोल्डकपको सातौ दिन अन्तर्गत शुक्रवार भएको खेलमा फर्साटिकर एफ सि रुपन्देहीले जित हात पार्न सफल भएको छ। क्वहालथोसार युनाईटेड क्लब लमजुङ लाई १ का बिरुद्ध ४ गोलको फराकिलो अन्तरले पछि पार्दै फर्साटिकर एफ सि ले जित हात पारेको हो। खेलको पहिलो हाफ अन्तर्गत फर्साटिकर एफ सि का खेलाडी ग्लोरी जर्सी नम्बर(१६ ले खेलको ४०,४२ र ४३ औ मिनेट को अवधिमा लगातर तीन गोल गरि ह्याटृक गर्न सफल भएका थिए। त्यसै गरि खेलको दोस्रो हाफ अन्तर्गत फर्साटिकर एफ सि कै खेलाडी सुनिल थापाले  खेलको २५ औ मिनेटमा थप १ गोल गरेका थिए। निकै अनुशातित रुपमा आफ्नो खेल प्रदर्शन गरेको क्वाहल्थोसार युनाईटेड क्लब लमजुङ का खेलाडी मोहन थापा जर्सी नम्बर १० ले खेलको दोस्रो हाफको ३८ औ मिनेटमा १ गोल गरि खाता खोल्न सफल भएका थिए।
खेलको पहिलो आफमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको लमजुङले खेलको दोस्रो हाफ मा भने अपेक्षा अनुरुप को खेल प्रदर्शन गर्न सकेन। 
आजको खेल अवलोकनका लागि  क्वहालथोसार गाउपालिका लमजुङ का अध्यक्ष प्रेम बहादुर घले को समेत उपस्थिती रहेको थियो।नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङले उहालाई सुर्यनगर गोल्डकपका बारेमा जानकारी गराउनु भएको थियो।दुबै टिमका खेलाडीहरु सगको संक्षिप्त परिचयात्मक कार्यक्रममा अध्यक्ष घलेले सफलता शुभकामना ब्यक्त गर्नु भएको थियो। लमजुङ र रुपन्देही बिच भएको आजको खेलमा फर्साटिकर एफ सि रुपन्देहीका खेलाडी गणेश हेमरुन म्यान अफ द म्याच घोषित भएका छ्न।  भोलि शनिबार हुने खेल आयोजक टिम नवयुवा क्लब र झम्सिखेल ललितपुर बिच हुने छ।

Leave A Reply

Your email address will not be published.