Jilla Ban Notis

सुर्यनगर गोल्डकपको सोमबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीले जित हात पार्दै फाईनलमा प्रवेश ।

0 26
मुक्ती तिवारी
बर्दघाट,फाल्गुन ५
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा जारी सुर्यनगर गोल्डकपको सोमबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीले जित हात पार्दै फाईनलमा प्रवेश गर्न सफल भएको छ। झम्सिखेल युथ क्लब ललितपुरलाई ६ का बिरुद्ध ७ गोलान्तरले पछि पार्दै बागमती युथ ले जित हात पारेको हो।सोमबार भएको सेमिफाईनल चरणको अन्तिम खेलमा पेनाल्टी सुटाउट मार्फत बागमती युथ सर्लाही फाईनलमा प्रवेश गर्न सफल भएको हो।  खेलको पहिलो हाफ मा झम्सिखेल युथ क्लब का खेलाडी इमन तामाङ जर्सी नम्बर २३ ले ८ औ मिनेटमा पहिलो गोल गरेका थिए।त्यसैगरी खेलको दोस्रो हाफको ३ औ मिनेटमा बागमती युथका खेलाडी श्यामबाबू मगर जर्सी नम्बर १० ले १ गोल गरे।त्यसै गरि खेलको दोस्रो हाफकै १० औ मिनेटमा झम्सिखेल युथका खेलाडी ईमन तामाङ्ले पुनस्१ गोल गरे।२(१ का बिच निक्कै प्रतिस्पर्धात्मक र रस्साकस्सि सगै अघि बढेको खेलमा बागमती युथ क्लब सर्लाहिका खेलाडी संतोष धिमाल जर्सी नम्बर १५ ले खेलको  अन्तिम समयमा १ गोल गरि खेल २(२ को बराबरिमा पुर्याएका थिए। खेलको निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछी ट्राईब्रेकर९पेनाल्टी सुटाउट० मा बागमती युथले (५ गोल र झम्सिखेल युथ ललितपुरले (४ गोल गरेको थियो।पेनाल्टी सुटाउट पुर्वको निर्धारित समय अवधिको बराबरिको २(२ गोल  सहित ७(६ गोलान्तरले बागमती युथ क्लबले जित हात पार्दै फाईनल चरण मा प्रवेश गरेको थियो।
   सोमबार भएको उक्त खेलमा झम्सिखेल युथ का खेलाडी इमन तामाङ म्यान अफ द म्याच घोषित भएका थिए।तामाङ लाई नव युवा क्लब का अध्यक्ष भिमकाजी गुरुङ र सोही क्लबका पुर्व उपाध्यक्ष एवम् थापा कन्स्ट्रक्सनका प्रोप्राईटर अर्जुन थापाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए। यसै बिच फाल्गुन ७ गते हुने फाइनल खेल नवलपरासी-११ र बागमती युथ सर्लाही बिच हुनेछ।

Leave A Reply

Your email address will not be published.