Jilla Ban Notis

सुर्यगङ्गा सहकारी संस्था बर्दघाट–४ बाढीपिढीतले १३ हजार ६ सय सहयोग गर्यो ।

0 18

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२४
सुर्यगङ्गा सहकारी संस्था बर्दघाट–४ बाढीपिढीतले बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा १३ हजार ६ सय रुपैयाको चेक आज नगर प्रमुख धिरज शर्मा वास्याललाई हस्तान्त्रण गरेको छ । नोभेल कोरोना (कोभीड(१९) का कारण सरकारले गरेको लक डाउन बाट अती बिपन्न बर्गका परिवारहरुलाई एकीकृत प्रणाली द्वारा संकलन गरि खाद्यान्न वितरण गर्ने बर्दघाट न. पा. को नितिअन्तर्गत प्राप्त प्ररिपत्रलाई मध्यनजर गर्दै सुर्यगङ्गा सहकारी संस्था बर्दघाट–४ बाढीपिढीतले बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग गरेको संस्थाका लेखा संयोजक मोहन सापकोटाले जानकारी दिनुभएको छ । संस्थाका संचालक समिति, लेखा समिति, विभिन्न उप–समिति र कर्मचारीहारुबाट रकम संकलन गरि प्रकोप ब्यबस्थापन कोष जम्मा सहयोग गरीएको संस्थाका अध्यक्ष जनक रावतले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.