Jilla Ban Notis

सुनवल ६ तिलकनामा जारी खुल्ला नकआउट फुटवल खेलमा शनिवार रानिगंज युवा क्लव बुटवल बिजय ।

0 72

पुजा लम्साल

सुनवल,४ माघ

नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आजको खेलमा रानिगंज युवा क्लव बुटवल बिजय भएको छ । सुनवल ३ किर्तिपुर फुटवल क्लवलाई २-१ को गोल अन्तरले पराजित गर्दै रानिगंजले बिजय हासिल गरेको हो । तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा संचालित यस फुटवल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा क्लवका अध्यक्ष कृष्ण गन्धर्वको अध्यक्षता तथा इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी प्रमुख बलराम गिरीको प्रमुख आतिथ्यता एवं स्वं गोम बहादुर थापाका बुवा दिल बहादुर थापा , बिभिन्न संघ सस्थाका प्रतिनिधि, खेलपे्रमी, स्थानिय लगायतको उपस्थिति रहेको थियो । माघ १९ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गन्धर्वले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.