Jilla Ban Notis

सुनवल सग्रहवामा सिस्टर सोसाइटी समिती गठन

0 28

नन्दु कुवर

भुमही,१२ मंसिर
पश्चिम नवलपरासीको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले  सुनवल नगरपालिका वडा नम्बर १३ सग्रहवामा खुमकला पाण्डेको संयोजकत्वमा १३ सदस्यिय सिस्टर सोसाइटी गठन गरेको छ । जसको सदस्यमा तारा पराजुली , सीता पाण्डे , निरा कुमारी महतो , सुमित्रा कुमाल, कमला कुवर , सीता पाठक , सारदा कुवर , मन्जुला चौधरी , नम्रता चौधरी , मालती कुवर र संगीता चौधरी रहनु भएको छ । यस संस्थाले ९ वटा समुह गठन गरी सकेको संस्थाको अध्यक्ष लेखनाथ खरेलले जानकारी दिनु भएको छ । मुल समिती गरी एक सय २२ सदस्यिय सिस्टर समिती परिचालित रहेका छन । यस्तै गरी लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुनवल नगरपालिका वडा नम्बर १३ सग्रहवामा एक दिने सहकारी शिक्षा कार्यक्रम पनि सम्पन्न गरेको छ ।  शिक्षा उपसमिती संयोजक भुवनेश्वर प्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था सुनवल १२ भुमहीका अध्यक्ष लेखनाथ खरेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथीहरुका मेनका अधिकारी , कमला घिमिरे , भगवती बस्याल जमुना भुषाल र भगवती श्रेष्ठ लगायत लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी एवम शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.