Jilla Ban Notis

सुनवल युनाइटेड बाल क्लबद्धारा नृत्य समूहका विद्यार्थीलाई सम्मान ।

0 301

कृष्ण ढकाल
बर्दघाट,भदौं–१३
सुनवल युनाइटेड बाल क्लबले प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रीय लोक नृत्य प्रतियोगितामा द्धितीय स्थान हासिल गर्ने नृत्य समूहका १२ जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

युनाइटेड बाल क्लबका अध्यक्ष कृपा घिमिरेको अध्यक्षता र सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलका प्रिन्सिपल धनराज चापागाईको प्रमुख आतित्थ्यातामा उक्त सम्मान कार्यक्रम समपन्न् भएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सीपल चापागाईले बिद्यार्थीहरुले अब पढाईसंग संगै आफुले ईच्छाएको क्षेत्रमा समेत चाँसो देखाएर त्यस प्रकारका प्रतिभामा निखार ल्याउनु पर्ने धारणा राख्नु भएको थियो । आफुभित्र रहेका बिभिन्न किसीमका प्रतिभालाई प्रस्फुटन गर्न वा सिपको प्रर्दशन गर्न आर्थिक,भौतीक वा अन्य कुनै सहयोग चाहिएमा आफ्ना विद्याथीहरु लागि विद्यालय कहिल्यै पछि नपर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

प्याब्सन लुम्बिनी प्रदेशद्धारा आयोजना गरीएको प्रदेश स्तरीय राष्ट्रीय लोक नृत्य प्रतियोगितामा नवलपरासी प्याप्सनको प्रतिनिधित्वगर्दै सुनवल युनाइटेड सेकेण्डरी स्कुलले आफ्ना बिद्यार्थीहरुलाई सहभागी बनाएको थियो । कपिलवस्तुमा आयोजित प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रीय लोक नृत्य प्रतियोगितामा द्धितीय स्थान हासिल गर्दै १५ हजार नगद शिल्ड, प्रमाणपत्र र मेडल समेत प्राप्त गरेका थिए ।

सुनवल–४, नवलपरासीमा रहेको सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलकी सिमरन राना, आकांक्षा सुनाम, पूर्णिमा आले, खुशी आले, कन्चन थापा, लेबिसा सेन, नन्दिता रोका, बिनिता सारु, बिविका बराल, प्राप्ति सुनार, स्मृति कार्की र प्राप्ति रानाको समुहले प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए ।

युनाइटेड बाल क्लबले आयोजना गरेको सम्मान कार्यव्रmम कक्षा ९ का छात्र मिसन पंगेनिको संचालनमा सम्पन्न् भएके थियो ।

Leave A Reply

Your email address will not be published.