Jilla Ban Notis

सुनवल नगरपालिका शिल ।

0 31

रमेश भुसाल

सुनवल,भदौं २४
एकै चोटि ठुलो संख्यामा कोरोना संक्रमित थपिए संगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । आज मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले आजै राति १२ वजे देख लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागी पुर्ण रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।

शिल गरिएको समयअवधिमा स्वास्थ्य सम्वन्धी सेवा वाहेक सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, वैंक तथा वित्तिय संस्था लागाएत सार्बजनिक निकायबाट प्रवाह गरिने सेवाहरु, व्यापार व्यावसाय, निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लागउत सवारी साधन संचालन, साना सवार साधनहरु सवै पुर्ण रुपमा निषेध गरिएको सुनवल नगरपालकाका नगरप्रमुख भिमवहादुर थापाले जानकारी दिनुभयो । यस अवधिमा कन्ट्याक ट्रेसिङ गरिने भएकाले अन्य स्थान वाट नगरपालिकामा प्रवेश नर्गन र नगरपालका बाट पनि अन्यत्र स्थानमा नजान नगर प्रमुख थापाले सवै नगरवासिमा आग्रह गर्नुभएको छ ।

त्यस्तै स्वास्थ्य सेवा लिन जानै पर्नेहरुको लागी पनि सावधानि अपनाउन नगरपालकाले आग्रह गरएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागी आकस्मीक रुपमा नगरपालिका शिल गरीएकोले पालना गर्नुपर्ने स्वअनुशाशन पुर्ण रुपमा पालना गर्न र संक्रमण बाट जोगिने उपायहरु अवलम्वन गर्न नगरपालकाले सवै नगरवासिमा आग्रह गरेको छ ।

अहिले सम्म सुनवल नगरपालिका कोरोना संक्रमितको ९१ पुगेको छ भने ३७ जना संस्थागत र होम आइसियुलेशनमा रहनुभएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जनाकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.