Jilla Ban Notis

सुनवल नगरपालिका वडा नम्वर ४ को भवन निमार्ण सम्वन्धि भएको वार्ता निष्कर्ष विहिन ।

0 29

कृष्ण ढकाल
बर्दघाट,भाद्र–२
जिल्लाको सुनवल नगरपालिका वडा नम्वर ४ ले निमार्ण गर्न लागेको आफ्नो वडा कार्यालय भवनको शिलन्यास भएसंगै उत्पन्न विवादको टुङ्गो लाग्न सकेको छैन । आज वडाका जनप्रतिनिधि र आन्दोलीत वडावासी अर्थात तालावन्दी गर्नेसमुह विच भएको छलफल निष्कर्ष विहिन भएको बताईएको छ । हिजो सुनवल नगरपालिका वडा नम्वर ४ ले निमार्ण गर्न लागेको आफ्नो वडा कार्यालय भवनको शिलन्यास भएसंगै त्यसको विरोधमा स्थानियवासीहरुले वडाकार्यालयमा तालावन्दी भएको थियो । वडाकार्यालयमा लगाईएको ताला केहि समयपछि प्रसाशन लगाएर ताला खोलि तालावन्दी गर्नेसमुहलाई आज वार्तामा आउनका लागि आवाहन गरीएको थियो । तर आज बसेको छलफल निष्कर्षमा नपुगेको भन्दै तालावन्दी गर्ने समुहले आफ्ना मााग पुर नगरे थप संघर्षका कार्यक्रम गर्न चेतावनी दिदै विज्ञप्ती जारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.