Jilla Ban Notis

सुनवल नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयको सहयोग

0 21

हरि शर्मा

परासी, २७ बैशाख ः

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा स्थानीयले सहयोग गरेका छन् । अधिकांश स्थानीय तहहरुले होटल तथा अन्य व्यक्तिहरुलाई प्रति छाकका दरले रकम उपलब्ध गराएर क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना र नास्ताको व्यवस्था गर्दै आएका छन् । तर सुनवलका स्थानीयले भने स्वत स्र्फुत रुपमा निःशुल्क रुपमा खाना पकाउनेदेखि तरकारी र नगद सहयोग गर्दै आएका छन् । यसले नगरपालिकाको आर्थिक बोझलाई कम गराएको छ । स्थानीय कारेश्वर मन्दिर व्यवस्थापन समितिले दैनिक रुपमा खाना र नास्ता पकाएर खुवाउने गरेको छ । भने हरेक दिन पालो मिलाएर स्थानीयहरुले तरकारी उपलब्ध गराउने गरेको क्वारेन्टाइन व्यस्थापन समितिका संयोजक एंव वडा नं. ४ का अध्यक्ष विर बहादुर गुरुङले बताए । केही स्थानीयहरुले नगद रकम समेत उपलब्ध गराएका छन् । अहिले नगरपालिकाले चामल बाहेक अन्य सामाग्री उपलब्ध गराउन नपरेको उनले बतााए । क्वारेन्टाइनमा बस्नेहरुका लागि बिहान र दिउँसोको नास्तासहित खानाको व्यवस्था गरिएको पश्चिम नवलपरासी भारतसँग सीमाना जोडिएको जिल्ला हो । भारतबाट हरेक दिन जिल्लामा आउने स्थानीयहरुको संख्या बढ्दै जाँदा समस्या थपिएको नगर प्रमुख भीम बहादुर थापाले बताए । महाकवी देवकोटा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २२ जना छन् । उनीहरु सबै भारतबाट आएका हुन् । उक्त क्याम्पसमा २ सय जना राख्न सकिने गरी व्यवस्था मिलाइएको छ । हरेक दिन संख्या बढ्दै गएपछि ५ हजार जनासम्म अट्ने गरी नगरपालिकाले प्रतेक वडामा रहेका सामुदायिक भवन र विद्यालयलाई क्वारेन्टाइनमा परिणत गराउने सोँच राखेको थापाले बताए । सोमबारसम्म जिल्लाका ७ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या २ सय २८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.