Jilla Ban Notis

सुनवलमा स्थानिय व्यापारीहरुको समन्वयमा घुम्ति पसल संचालन गर्ने ।

0 83

दिपक खनाल
सुनवल,बैशाख–१२
लकडाउनको समयमा उद्योग बाणिज्य संघ सुनवलले दैनिक उपभोग्य तरकारीको सहज आपुर्तिका लागि घुम्ति सेवा संचालनमा ल्याउने भएको छ । उद्योग बाणिज्य संघ सुनवलका बाणिज्य उपाध्यक्ष एवं आपुर्ति व्यवस्थापन समिति संयोजक लेखनाथ खरेलको अध्यक्षतामा भएकोस्थानिय खुद्रा तथा थोक तरकारी व्यवसायिहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभएको छ । उहाका अनुसार सुनवल नगरपालिका संग समन्वय गरि बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रण एवं रोकथामका लागि देश लकडाउनमा रहेको अवस्थामा स्थानिय स्तरमा उत्पादित तरकारीहरु स्थानिय व्यापारीहरुले टोलटोलमा घुम्ति पसल संचालन गरि सुपथ मुल्यमा उपलब्ध गराउने निर्णय गरेको छ । सुनवल नगरका तरकारी व्यापारीहरुलाई एकतृत गरि नगरभित्र उत्पादित तरकारी सडेर जान नदिन न्युनतम मुल्य निर्धारण गरि उपभोक्तालाई उपलब्ध गराइने छ । सुनवल नगरपालिका भित्र अत्यावश्यक खाद्यान्न प्रयाप्त रहेको र किसानहरुलाई मारमा नपर्ने गरि मुल्य निर्धारण गरिएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । सो अवसरमा महासचिव तेजप्रसाद भण्डारी, कोषाध्यक्ष हुमानाथ न्यौपाने, लगायत तरकारी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.