Jilla Ban Notis

सुनवलमा अन्तराष्ट्रिय युवा सम्मेलन २०२० हुने ।

0 22

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
विभिन्न देशका युवाहरु सामेल हुनेगरी यहि असार महिनाको अन्त्यमा अन्तराष्ट्रिय युवा सम्मेलन २०२० हुने भएको छ । प्रदेश नंम्वर ५ को सुनवल नगरपालिकामा आयोजना गर्न लागिएको उक्त सम्मेलनमा विभिन्न नौ बढी देशका युवाहरुको सहभागिता रहने आयोजक संस्था शान्ति नेपालका अध्यक्ष अनुप न्यौपानेले जानकारी दिनुभएको छ । शुक्रवार भुमहिमा पत्रकार सम्मेलनको आयोजनागरी उक्त जानकारी दिईएको थियो । हिंसा तथा द्धन्द्ध न्यूनिकरणका सवालमा विभिन्न प्रकारका मोटीवेस्नल कार्य गर्दै आएको शान्ति नेपालले युवाहरुलाई संगठीत गर्दै उनीहरुको नेतृत्व विकास गर्ने र विभिनन देशका युवाहरुसंग नेतर्वकमा रहेर दशेमा शान्ति स्थापना गर्ने , आफ्नो देशको सांस्कृतिक पहिचान र सभ्यतासंगै पर्यटकिय क्षेत्रहरुको जानकारी गराई विदेशी नागरीकहरुलाई नेपालका वारेमा जानकारी दिनेकार्य गर्दै आएको अध्यक्ष न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो । उहांले यहि असार महिनाको अन्त्यमा हुन लागेको अन्तराष्ट्रिय युवा सम्मेलन २०२० मा दाईवान,बंगलादेश,पाकिस्तान,सोमालीया,अफ्रिका,सिंगापुर,मलेसिया,रोमालिया,श्रीलंका,साप्रस,फिलीपिन्स,फिनालीया,नाईजेरीया लगाएतका देशका युवाहरु सुनवलमा आउने जानकारी गराउनु भएको थियो । १५जुलाई देखि १७ जुलाई अर्थात असार ३१ गते देखि साउन २ गते सम्म हुने उक्त सम्मेलनमा ५० जना युवाहरुको सहभागिता रहने र १० लाख बढी खर्च हुने अनुमान रहेको आयोजकले उक्त पत्रकार सम्मेलनमा जानकारी गएको थियो ।

Leave A Reply

Your email address will not be published.