Jilla Ban Notis

सुनवलका सामुदायिक विद्यालयमा निःशुल्क मास्क वितरण ।

0 28

नन्दु कुवर
भुमहि,चैत्र–२
नवलपरासीको सुुनवल नगरपालिकामा रहेका केहि विद्यालयहरुमा रेडियो सन्देश र शुभम रेडिमेड कपडा होलसेल पसलद्धारा आज निःशुल्क मास्क वितरण साथै कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न् गरेको छ । सुुनवल नगरपालिकाका वडा नं १३ मा रहेको सेवा सदन प्राथमिक विद्यालय विचैयापुरको कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई ७० थान र बनदेवि प्राथमिक विद्यालय घ्युडल्लाको कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई १ सय २० थान गरी १ सय ९० थान मास्क निःशुल्क वितरण गरी कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरेको थियो । मास्क वितरण तथा कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रमको संचालन वि.पि. ढकालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.