Jilla Ban Notis

सिमानाका बन्द हुदाँ नेपालको व्यापार व्यवासयहरु फस्टाएको ब्यवसायीहरुको भनाई

0 22

गौरीशंकर जयसवाल
परासी ७ श्रवाण
सिमानाका बन्द हुँदा व्यापार व्यवासय फस्टाएको पश्चिम नवलपरासीका ब्यवसायीहरुले बताएका छन । उनीहरुले सिमानाका बन्द हुदाँ नेपालको व्यापार व्यवासयहरु फस्टाएको व्यवासयीहरुको भनाई छ । आज पश्चिम नवलपरासीमा रामग्राम जेसीज परासीले अयोजना गरेको कोभिड १९ले पारेको असर अवसर उत्थान बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने व्यवासयीहरुले उक्त कुरा बताएका हुन । बर्षा बस्त्रलायका राजु जयसवालले सरकारले गरेको सिमानाका बन्दले कपडा व्यवासय राम्रोे हुदैगएको बताए । े सिमानाका बन्द नहुदाँ सबै ग्राहकहरु भारतीय बजार कपडा किन्न जादाँ यहाँका कपडा व्यवासय धरासयी भएको उनले बताए ।सुनिल हार्डबेयरका सुनिल कशौधनले लकडाउनमा अस्वाथ्य प्रतिस्पार्ध नहुदाँ हार्डबेर व्यवासय धरासयी बन्दै गएको बताउदै सिमानाका बन्द हुदाँ हार्डबेयर व्यवासय फास्टाएको बताए । सरकारले गरेको चैत्र ११ गतेदेखी लकडाउन गर्दा सबै भन्दा होटल व्यवासयी मर्कामा परेको गुरुग्रिनरी होटलका गागन पाठकले बताए । होटल रेष्टुरेन्टबन्द हुदाँ बैकको व्याज तिर्न नसक्दाँ होटल रेष्टुरेन्टबन्द हुने अवस्थामा पुगे भन्दै राज्यले होटल रेष्टुरेन्ट व्यवासयीहरुलाई राहतको व्यवस्था मिलाउन सरकारसंग माग गरेका थिए । युनिर्भसल मोबाईलका सन्तोष सहानीले सरकारले लकडाउनमा सिमानाका बन्द हुदाँ मोबाईल धेरै जसो मोबाईलहरु भातरबाट आउने भएकोले लकडाउनले गर्दाँ मोबाईल नअउादाँ समस्या परेको बताए । अहिले मोबाईल पसल नचल्दाँ घर भाडा नतिर्न सकेको र बैकको व्याज तिर्न नसक्केने अवस्थामा रहेको सहानीले बताए । लकडाउनमा सबै भन्दा सैलुन व्यवायस गर्ने व्यवासयीहरुलाई मर्का परेको नाई सघका अध्यक्ष बिरेन्द्र ठाकुरले बताए । राज्यले सैलुन व्यवायस संचालन गर्न सहज बातावरण बनाई दिनुपर्नेमा जोड दिएका थिए । रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत उद्योग बाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी,नेपाल लेखापढी कानुन एशोसिएन व्यवसायी प्रदेशका सदस्य अर्जुन क्षेत्री,नवलपरासीका कोषाध्यक्ष शिवकुमार अग्रहरी, कम्प्युटर व्यवासय बिष्णु हरिजन साप्ताहिक हाटबजारका राजकुमार अग्रहरी रामग्राम जेसीजका पूर्व अध्यक्ष यमकुमारी सुबेदी ,कार्यक्रम संयोजक बेनिमाधव बस्याल महासचिव चन्द्रमाणी चौधरी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.