Jilla Ban Notis

सिकाउन, टिकाउन र बिकाउन सक्नेगरी शैक्षिक जनशक्ति उत्पादन गरौं ः नगर उप–प्रमुख पाध्याय

0 89

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
बिद्यार्थीलाई सिकाउन, टिकाउन र बिश्वबजारमा बिकाउन सक्ने गरी शैक्षिक जनशक्ति उत्पादन गर्न नगरपालिका लागि परेको बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश पाध्यायले बताउनु भएको छ ।
कतिपय बिद्यार्थीहरुले आर्थिक अभावका कारण बिचमै पढाइ छोडेर आय–आर्जन तर्फ लाग्नु पर्ने बाध्यतालाई अन्त्य गर्नु पर्ने नगरपालिका समक्ष पहिलो चुनौती रहेको बताउदै त्सका लागि सरोकारवाला सबैको आवश्यकता रहने बताउनु भएको थियो । बर्दघाट नगरपालिका वडा नं. १४ द्धारा आयोजित प्रथम अन्तर प्रा.बि. प्रतियोगीतात्मक अतिरिक्त क्रियाकलाप–२०७९ को समुद्घाटन गर्दै नगर उप प्रमुख पाध्यायले उक्त कुरा बताउनु भएको हो ।

बर्दघाट नगरपालिका वडा नं. १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता सन्तु गाहाको अध्यक्षता र वडा सचिव वडासचिव टंकनाथ भण्डारीको संचालन रहेको समुद्घाटन कार्यक्रममा बर्दघाट वडा नं. १६ का वडाअध्यक्ष तथा ामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ्ग,गंगा माबिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाखर भुषाल लगाएत स्थानिय टोल विकास समिति, विभिन्न विद्यालय इवस्थापन समितिका पदाधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट वडा नं. १४ भित्रका का ६ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको सहभागीता रहको सो प्रतियोगितामा चम्चा दौड, १ सय मिटर दौड, हाजिरीजवाफ, श्रुति लेखन, चित्रकला, कुर्सी दौड लगायतका १२ प्रकारका खेल प्रतियोगिताहरु संचालन भएका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ को वडा स्तरिय शिक्षा समितिको आर्थिक सहयोग तथा गंगा मा .बि.को समन्वयमा उक्त कार्यक्रम आयोजना गरीएको हो ।

Leave A Reply

Your email address will not be published.