palhinnada

सामुदायिक भवन देखि हेलिप्याडसम्म बजेट

37

राजेन्द्रन्यौपाने

गोरखा, ९मंसिर

गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद हरीराज अधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सातवटा गाउँपालिका भित्र अति आवश्यक क्षेत्रमा विभिन्न ३४ शिर्षक योजनामा बजेट विनियोजन गरेका छन् । नेता अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्रमा सामुदायिक भवन देखि हेलिप्याड निर्माण सम्मका लागि बजेट विनियोजन गरेको छ ।  सरकारको बजेट र योजनालाई मैले बनाएको, मैले दिएको, अझै दिन्छु भन्ने मानिसहरुको संख्या बढीरहेको बेला नेता अधिकारीले निर्वाचन क्षेत्रमा गएका समयमा जनताले गरेका मागहरु मध्येबाट सम्बन्धित पालिकाले समेत आवश्यक सूचीमा राखेको र कार्यान्वयन क्षमतालाई समेत ध्यान दिएर योजना छनौट गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । कुल ६ करोड बजेटको योजनाहरुमा शहिद लखन गाउँपालिकामा ६ वटा योजनाका लागि १ करोड, गण्डकी गाउँपालिकामा ५ वटा योजनाका लागि ९४ लाख ६० हजार, भीमसेन थापा गाउँपालिकामा ५ वटा योजनाका लागि ९० लाख, आरुघाट गाउँपालिकामा ४ वटा योजनाका लागि ८० लाख,धार्चे गाउँपालिकामा ६ वटा योजनाका लागि १ करोड ५ लाख, गोरखा नगरपालिकामा ४ वटा योजनाका लागि ८० लाख र चुमनुब्री गाउँपालिकामा ४ वटा योजनाका लागि ४५ लाख बजेट विनियोजन भएको छ ।  योजनामा सामुदायिक भवन तर्फ १३, युवा क्लव भवन तथा खेल मैदान तर्फ ४, खानेपानी आयोजनाका लागि १, विद्यालयमा शौचालय, घेरवार, रिटेनीङ वाल निर्माणका ५, सडक निर्माणका ८ , पर्यटन सूचना केन्द्र १, सहिद स्मृति भवन तथा पार्क मर्मत १ र प्रोकमा हेलिप्याड निर्माण १ गरी कुल ३४ वटा योजनाहरु छनौट भई स्वीकृत भएका हुन् ।
अघिल्लो वर्ष सांसदकोषबाट केही रकम दिँदा उपभोक्ता समितिले अझै धेरै लगानी गरेर राम्रा काम गरेका उदाहरणहरु पनि छन । योजनाहरु अत्यावश्यक ठाउँमा प्रदान गरिएको छ । परेका योजनाहरुको समयमै कार्यन्वयन गरी जिल्लाको विकासमा दिगोपना ल्याउनुपर्ने गोरखा जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।
साँसद कोषका बजेट विनियोजन पछि सबैले आ–आफ्ना धारणाहरु विभिन्न माध्यम मार्फत राखिसकेका छन् यसैवीच सांसद अधिकारीलाई केही प्रश्नहरु सोधेर उत्तर लिइएको छ ।
सांसदकोष बजेट विनियोजनको आधार के हो ?
मुख्य गरी पुर्वाधारमा धेरै बजेट लगाउने पर्ने भएका कारण ६० प्रतिशत सडकका लागि रहेको छ । मेरो निर्वाचन क्षेत्रमा पर्ने सात पालिकामा चुमनुब्री बाहेक सबै पालिकामा ५० लाखका १÷१ योजना सडक छन् । तीन करोड रुपैयाँबाट ५०÷५० लाखका बाटो बनाउनुपर्ने नीतिगत कुरा रहेको छ । बाँकी बजेट बहुउदेश्यीय भवन, विद्यालय, खानेपानी लगायतका शिर्षकमा विनियोजन गरिएको हो ।
गोरखा जिल्लाको विकासमा तपाईँका योजना के छन् ?

गोरखा जिल्लाको तल्लो क्षेत्रको विकास लागि बेनिघाट देखि तनहुँको आँबुखैरेनीसम्म ७ वटा पक्कीपुल निर्माण गर्ने लक्ष्य रहेको छ । मुग्लिनमा पुल राख्नु पर्छ भन्दै आएको थिएँ त्यो काम सुरु हुन लागेको छ । गोरखा धादिङ जोड्ने धबादीघाट र गोरखा चितवन जोड्ने मुग्लिनपुल निर्माण कार्य सुरु भएको छ । निर्माण कार्य थालनी भएर पनि विविध कारणले रोकिएको बुटार पुलमा बेलिब्रिज राखेर थप निर्माण कार्य अगाडि बढाउने योजना अनुसार काम अगाडि बढेको छ । कुरिनघाटमा पक्कीपुलको लागि अध्ययनको लागि टोली खटिएको छ । पृथ्वी राजमार्गको बैकल्पिक राजमार्गका रुपमा गण्डकी गाउँपालिका, सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिकाका तल्लो क्षेत्र हुँदैपृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सडकसञ्जाल पुर्याउने र यसबाट यहाँका नागरिकहरुले मनग्य फाईदा लिन सकुन भन्ने रहेको छ । यसमा अर्थमन्त्रीसँग भेटेर कुुरा गरेको र उहाँ उत्साहित रहनुभएको अधिकारीले बताए ।
विश्व बैंकको साथ
पोखराबाट मुग्लिन खण्ड र काठमाण्डौबाट मुग्लिन खण्ड दुवैतिरबाट सडक निर्माण विश्व बैंकको सहयोगमा निर्माण हुने प्रक्रियामा अगाडि बढेको उनले बताए । मुग्लिन पोखरातिरको सम्झौता भैसकेको छ । तनहुँको आँबुखैरेनी क्षेत्रका ३ कुराहरु रहेका छन । (१) पहिरोग्रस्त क्षेत्र भएका कारण सुख्खा समयमा समेत पहिरो जाने क्षेत्रमा खनेर अर्को बर्वाद गर्न हुँदैन । (२) सडक चौडा गर्दा थाल्दा आँबुखैरेनी बजार र नागरिकहरुलाई समस्या पर्छ, । (३)बाटो विस्तार गर्दा मस्र्याङ्दी जलविद्युत परियोजना विग्रन्छ, बाटाका लागि परियोजना भत्काउनु भएन । त्यसकारण बाटो पारीबाट लानुको विकल्प छैन । रुचिका साथ सरोकारवाला निकायहरुले पारीबाट हेरेका छन् ।
मनकामना र गोरखनाथ विश्व सम्पदा सूचिमा
मनकामना र गोरखनाथलाई विश्व सम्पदा सूचिमा राख्न पर्यो, संघले हेर्न पर्यो भन्ने कुरा भयो र संघले हेर्न थाल्यो । संघीय सरकार मार्फत विश्व सम्पदा सूचिमा राख्ने प्रक्रिया अगाडि बढेको छ ।
रुइला भञ्ज्याङ सम्म मोटरबाटो नेपाल चीन सीमा रुइला भञ्ज्याङ जाने बाटो सेनाले तिब्र गतिमा खनेको छ, पैसा नपुगेको कारणले अर्थमन्त्रीसँग कुरा गरेपछि उहाँले अर्थसचिवलाई फिल्डमा पठाई काम निरन्तर गर्नुस् पैसा समस्या हुँदैन भनेर विश्वास दिएर आउनुभएको छ । । प्रभावकारी ढंगले बाटोको पहरो फुटाउने काम भईरहेको छ । यतिबेला बाटो खन्ने काम सिर्दीवासबाट अघि बढेको छ । चीनबाट रुइला भञ्ज्याङसम्म ग्राभेल भएको छ । अव हाम्रोतिरबाट पनि काम गर्न प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । माथिबाट पनि काम सुरु गर्ने निर्णय छ । अघिल्लो वर्ष विनियोजन भएको बजेटले काम हुन नसकेपनि यस वर्ष माथिबाट बाटो खन्ने काम हुन्छ । माथिबाट बाटो खन्न सजिलो छ, यसका लागि प्रदेश सरकारले काम गर्छ ।सेनाले खनिरहेको बाटो रुइला भञ्ज्याङ हुँदै आएको बाटोमा जोडिन्छ ।विकासका लागि मुख्य कुरा बाटो हो । उत्तरी क्षेत्रमा पहिले बाटो लैजान पाए ह्वारार सबै थोक विकास हुन्छ भन्नेमा म ढुक्क छु ।अहिले सडक निर्माणको विकासमा भईरहेको तिव्रता देखेर यहाँका जनताहरु खुशी छन ।

धार्चेमा ३३ केभी विद्युत प्रसारण केन्द्र
धार्चे गाउँपालिकामा केन्द्रिय प्रसारण अन्तर्गत ३३ केभी प्रसारण लाईन केन्द्र खोल्ने निर्णय हालसालै भएको छ । त्यस क्षेत्रमा विद्युतीकरण गर्ने योजना ठूलो उपलब्धि हो । उर्जा मन्त्रीसँग कुराकानी भई ३३ केभी प्रसारण केन्द्र निर्माण निर्णय टुङ्गिएको छ । त्यस क्षेत्रमा पावरफुल विजुली जाने वित्तिकै त्यहाँ रहेका सानातिना खोलाहरुबाट विजुली निकाल्न चाहने नीजि तथा सरकारी निकायहरु आक्रामक ढंगले माथितिर जाने स्थिति छ । विजुली लगिदिने र पानीलाई विजुलीमा परिणत गर्न प्रयत्न गर्ने बाटो लगिदिने र बोर्डर जोड्ने कुरा मुख्य हो ।
विश्वकै एक मात्र अहिंसा क्षेत्र
जिल्लाको माथिल्लो क्षेत्रमा दुईवटा भ्याली छन । चुम भ्याली र नुब्री भ्याली । यो क्षेत्र विगत ९९ वर्ष देखि अहिंसा क्षेत्रको रुपमा रहँदै आएको छ । विश्वमा एक मात्र अहिंसा क्षेत्र हो । अहिंसा क्षेत्र घोषणा भएको शताब्दि पुगेको अवसरमा प्रभावकारी कार्यक्रम गर्ने भन्ने बारेमा त्यस क्षेत्रका जनप्रतिनिधि, जनताहरुसँग छलफल चलिरहेको छ । सरसल्लाह र छलफलबाट यस विषय छिट्टै टुङ्गिन्छ ।
चुमनुब्रीमा जडिबुटी प्रशोधन केन्द्र र मिनि चिडियाघर
जडिबुटी प्रशोधन केन्द्रका बारेमा एउटा केन्द्र चुमनुब्रीमा बनाउनका बन मन्त्रालय मार्फत योजना निर्माण भईरहेको छ । । बनजंगलमा पाईने जनावरहरु पालेर राख्नका लागि मिनि चिडियाघर निर्माण गर्न मन्त्रालयले काम गरिरहेको छ ।
र्विया र इटालीका स्याउ धार्चे , चुमनुब्रीमा
धार्चे र चुमनुब्रीमा रहेका खाली जमिनमा छोटो समयमा फल्ने गोल्डेन, फुजी जातका स्याउका विरुवाहरुसर्विया, इटाली लगायतका देशबाट ल्याएर वितरण गर्ने योजना रहेको छ । यसका लागि प्रदेश सरकारलाई हामीले निर्देशन गरेका छौं । यस क्षेत्रका जनताहरुले तीन हजार ५०० रोपनी क्षेत्रफलमा फैलिएको एउटै क्षेत्रमा स्याउखेती गर्ने योजना बनाएका छन् ।
जनताका साना देखि ठूला समस्यामा सँधैसँगै छु
गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित अधिकारी जनताका साना ठूला सबै समस्यामा सँधै एकसाथ रहँदै आएको बताएका छन् । बाटो, विजुली, विद्यालय, खानेपानी, स्वास्थ्य, शिक्षा, बाटो, खेलकुद, कृषि लगायतका क्षेत्रको विकास लागि आफू जनताका घरदैलोमा रहेको उनले बताए । संसद चलेका समय संसद भवनमा र बाँकी समय जिल्लामा रहने गरेको उनले बताए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/