Jilla Ban Notis

साँझ ७ बजे देशभर दीप प्रज्वलन गरीयो ।

0 17

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२५
प्रधानमन्त्री केपि शर्मा ओलीको आग्रह अनुसार आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गरीएको छ । बुद्ध जयन्ती र कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा तथा सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्दै सबैलाई आज साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रद्यान मन्त्री ओलीले देशवासीहरुलाई आह्वान गर्नुभएको थियो । कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, लकडाउनका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि र सङ्क्रमितहरुको स्वास्थ्यलाभ तथा उनीहरुको उपचार र हेरचाहमा संलग्न रहेका अग्रपङ्क्तिका योद्धाहरुप्रति ऐक्यबद्धता जाहेर गर्न दीप प्रज्जवलन गरीएको हो ।
सोही क्रममा आज बर्दघाट नगरपालिका लगाएतका स्थानिय तहहरुका कार्यालयमा पनि साँझ दीप प्रज्वलन गरीएको छ । त्यसैगरी देशभरका विभिन्न स्थानका नागरीकहरुले आ–आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.