Jilla Ban Notis

सहकारी र निजि क्षेत्र कृयाशिल नभए सम्म विकासले गति लिन सक्दैन ः मन्त्री चौधरी

0 31

रमेश भुसाल
सुनवल,मंसिर–२०
प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सहकारीको माध्ययमबाट विकासलाई अगाडि बढाउनु पर्ने बताउनुभएको छ । सहकारी र निजि क्षेत्र कृयाशिल नभए सम्म विकासले गति लिन नसक्ने भन्दै विकासमा सहकारीको महत्वपुर्ण योगदान रहने बताउनुभयो । लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि सुनवल १२ भुमहीको २१ औं स्थापना दिवसको अवसरमा वोल्दै मन्त्री चौधरीले सहकारीको माध्यमबाट नगदेबाली साथै तरकारीको उत्पादनमा समेत जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेकोे बताउनुभयो । तरकारीहरु आलु प्याजमा समेत परनिर्भरता पर्नुपर्ने अवस्था रहेको र त्यसको अन्त्यकालागी सुनवलमा वन्दै गरेको शित भण्डारणले यस क्षेत्रलाई नै महत्व राख्ने उहाको भनाई थियो । त्यस्तै प्रदेश सभा सदस्य भगवती भण्डारीले सहकारी लगाएत अन्य क्षेत्रमा महिला हरुको अग्रणी भुमिकामा रहनुपर्ने औंल्याउदै अहिलेको समयमा पनि महिला हिंसा रहनु दुखद रहेको वताउनुभयो । महिलाले केहि गर्न सक्दैनन् भन्ने भावनाको अन्त्यको लागी सहकारीबाटै एकजुट हुर्ने पर्नेमा संसद भण्डारी जोड दिनुभयो ।
सोहि अवसरमा सुनवल नगरपालिका का उप प्रमुख ददिराम अर्यालले सहकारी आर्थिक विकास को लागी मेरुदण्डका रुपमा रहेको बताउनुभयो । सहकारीहरुलाई एकिकरण गरि सशक्त र अर्थिक रुपमा मजवुद गराउनका लागी सुनवल नगरपालिकाले एकिकरण समवन्धी गोष्टि सेमिनार गरेको बताउनुभयो ।
स्थापना दिवासको अवसरमा सुनवल नगरपालिका वडा नम्वर १२ का अध्यक्ष यामलाल पाण्डे, राष्ट्रिय सहकारी वोर्ड सदस्य प्रकाश अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रासद पौडेल, मोतिलाल क्याम्पसका अध्यक्ष नारायण प्रसाद तिवारी लगाएतले सहकारीको स्थापना दिवसको अवसरमा शुभकामना मनतब्य राख्नुभएको थियो ।
कार्यक्रममा लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि मा अहिले ३५ सय ८४ जना शेयर सदस्य रहको कार्यक्रमका अध्यक्ष तथा लुम्विनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेलले बताउनुभयो । संस्थामा शेयर पुँजी, कुल कोष पुँजी, बचत र कुल ऋण लगानी गरि ४५ करोड २३ लाख ९८ हजार ७० रुपौया पुजी निर्माण गर्न सफल भएको कार्यक्रमका अध्यक्ष खरेलले बताउनुभयो ।
त्यस्तै अगामी केहि समय भित्रै सुनवल नगरपालिका वडा नम्वर ४ मा रहेको सुनवल वहुउद्देश्य सहकारी संस्था सँग एकिकरण गरि बृहत संस्था बनाउने सोचका साथ अगाडि वढेको समेत अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
लोक दोहोरी गायक भरत क्षेत्री र प्रिया भण्डारीको समेत वेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजसेवि, वुद्धिजिवि, संचारकर्मि शेयर सदस्यहरु लागाएतको वाक्ले उपस्थीति रहेको थियो ।
कार्यक्रममा स्वगत मनतब्य संस्थाका उपाध्यक्ष विष्णु प्रसाद अर्यालको रहेको थियो भने संचालन सचिव भुवनेश्वर प्रसाद चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.