Jilla Ban Notis

सरावल वडा नं. १ राहत र ४ का सम्पुर्ण टोलमा मास्क र साबुन बितरण ।

0 17

सरावल,चैत–२५
सरावल गाउपालिका वडा नम्बर १ मा मंगलबार राहत वितरण गरिएको छ । वडा नम्बर १ का अति विपन्न, गरिब तथा असहाय गरि १४ घरधुरीका घरपरिवारलाई राहत वितरण गरिएको हो । सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको नेतृत्वको टोलीले एक घरको परिवारमा दुई सदस्य भएकालार्ई चामल १० किलो, दाल एक किलोे, तेल १ लिटर, २ वटा साबुन, नुन एक किलो, आलु तिन किलो लगाएत खाद्यान्न समाग्री वितरण गरिएको र सो भन्दा माथि परिवारका सदस्यहरु भएका घरधुरीलाई चामल १५ किलो, दाल २ किलो, तेल २ लिटर, साबुन ३ वटा, नुन २ पोका, आलु ५ किलो वितरण गरिएको सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीले जानकारी दिनुभएको छ । राहत वितरण कार्यमा सरावल वडा नम्बर १ का जनप्रतिनिधि, पत्रकार तथा सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो । सरावल वडा नम्बर १ आदर्श मावी खोखरपुरामा १३ शैैयाको क्वारेन्टाइन निर्माण गरिएकोमा सो क्वारेन्टाइनमा भारतबाट आएका ३ जना नागरिकहरु रहेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।
त्यसैगरी
सरावल गाउँपालिकाका वडा नं. ४ वडा कार्यालयको आयोजनामा सम्पुर्ण टोलमा मास्क र साबुन बितरण गरिएको छ। सरावल गाउँपालिकाका वडा नं. ४ वडा अध्यक्ष छोटेलाल यादवको अध्यक्षतामा वडा नं. ४ का स्थानीय जनताहरुलाई घरका सम्पुर्ण परिवारलाई मास्क तथा १ वटा साबुन बितरण गरिएको वडा सदस्य सुर्य नरायण यादवले जानकारी दिनुभएको हो। वडा नं. ४ वडा अध्यक्ष छोटेलाल यादवले लकडाउनमा रहेका स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर गोबरहिया,हात्तिवन,पुर्नहा,मंगलापुर,ललितपुर र बडसारमा बितरण गरेको जानकारी दिनु भयो । एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ िमान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर गाउँपालिका वडा नं. ४ का जनप्रतिनिधि स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराई मास्क र साबुन बितरण गरेका छन् । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि निशुल्क रुपमा माक्स र साबुन बितरण तथा कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जानकारी गराएका हुन । मास्क र साबुन बितरणमा वडा नं. ४ वडा अध्यक्ष छोटेलाल यादव,वडा सदस्य सुर्य नरायण यादव,वडा सदस्य जन्तीरा सहानि,गोबरहिया प्रहरी चौकी इन्चार्च सिबि ओलि,कार्यलय सहयोगी राजेश यादव लगाएको सहभागीता रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.