Jilla Ban Notis

सरावल गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न ।

0 41

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
नवलपरासीमा रहेको सरावल गाउँपालिकाले आफ्नो सातौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष राधेश्याम चौधरीको सभाध्यक्षतामा भएको उक्त सातौं गाउँसभाले सरावल गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ ऐनको प्रथम संसोधन र वातावरण र प्राकृतिक सम्पदा संरक्षण ऐन २०७७ पारित गरेको छ । त्यैगरी सरावल गाउँपालिकाका संसोधन गर्नु पर्ने योजनाहरु समेत संसोधन गरीएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भएको छ ।

विहिवार भएको सातौं गाउँसभामा अध्यक्षको प्रगती प्रतिवेदन गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले प्रस्तुत गर्नुभएको थियो । जस्मा कृर्षि ,शिक्षा तथा स्वास्थ्य र महिला तथा बालबालिकालाई बिशेष प्राथमिकता दिएर कार्य सम्पादन गरेको उल्लेख गरीएको थियो । प्रस्तुत् प्रतिवेदन अनुसार सरावल गाउँपालिकाले यस आ.ब.को कार्यसम्पादनमा ७५ प्रतिशत कार्य सम्पन्न् गरेको उल्लेख गरीएको थियो ।

गाउँसभामा कार्यपालिका सदस्यहरु राधा कुमारी चौधरी, गोरे रानामगर , बिजय सिँह गुप्ता र असरफ खाँ लगायत सभासदस्यहरुले केहि सुझाव तथा जिज्ञासा राखेका थिए भने गाउँसभामा कार्यपालिका सदस्यहरुबाट राखिएका प्रश्नहरुको जवाफ र गाउँपालिकाका गतिविधि सम्बन्धि सोधिएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी ,उपाध्यक्ष उत्तमा राय र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.