Jilla Ban Notis

सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–५ पाल्डांडाको अध्यक्षमा जगत बहादु बुढा ।

0 27
कृष्ण ढकाल
बर्दघाट,माघ–१४
सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–५ पाल्डांडाको चौथो अधिवेशनले जगत बहादुर बुढाको नेतृत्वमा १९ सदस्य नयां कार्य समिति चयन गरेको छ ।  गत ८ गते भएको वार्षिक साधारण सभा तथा नेतृत्व चयन कार्यक्रमले नयां समितिको टुङ्गो लगाउन नसकेपछि करिव एकहप्ताको अन्तरालमा सोमवार सहमतिमा नै नेतृत्व चयन भएको हो ।  ८ गते क्षेत्रगत रुपमा सबै क्षेत्रवाट सहमति जुटेपनि पाल्डांडावाट नै सहमति जुट्न नसकेपछि नेतृत्वचयनले पूर्णता पाउन सकेको थिएन।
१२ वर्षपछि अहिले सोमवार भएको सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–५ पाल्डांडाको  समितिमा जगत बहादुर बुढा अध्यक्ष ,टपिमाया गुरुङ्ग उपाध्यक्ष,लोकराज पाण्डे सचिव,सरस्वती कंडेल सह–सचिव र सूर्य बहादुर चौधरी कोषाध्यक्षमा रहनु भएको छ । त्यसैगरी प्रेम नारायण कोईरी,सन्तोषी राना वि.क.,कुल बहादुर सुनारपिताम्वर चौधरी,राधा थापा,रामसिंह लामा,चिरञ्जीवी सुवेदी,संगीता चौधरी,चन्द्र के.सी.,चन बहादुर गाहा,डिल बहादुर बर्मा,मिना कुमारी पासी,विष्णु पोख्रेल र शिरोमणी अधिकारी रहनु भएको छ । त्यसैगरी लेखा समितिको स.योजकमा खेमराज साप्कोटा र सदस्यमा गोविन्द चौधरी,हरिमाया क्षेत्री रहनु भएको निर्वाचन मंडलका संयोजक कमल परियारले जानकारी दिनु भएको छ । सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–५ पाल्डांडाको नयां नेतृत्व चयनका लागि निर्वाच मंडलमा समुहले सामुदायिक वन उपभोक्ता महासंघ,नवलपरासी जिल्ला अध्यक्ष कमल परियार संयोजक रहनेगरी कृष्णहरि पौडेल र उत्तमध्यज के.सीलाई नियुक्ति गरेको थियो ।
सयपत्रि सामुदायिक वनमा भुजहवा,चौपत्ता,सफैया,माकर,मोतीवस्ती,शुक्रवस्ती,वेलाहानी,जिमिरेभार,बण्डाखोला,जितपुर,सखुवानी,खजुरा,पाल्डांडा,विद्युत् लगाएतका क्षेत्रका उपभोक्ताहरु आवद्धरहेका छन् ।
यसैविच
सयपत्रि सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–५ पाल्डांडाको नव निर्वाचीत समितिलाई सोमवार नै एक कार्यक्रमका विच निर्वाचन मंडलका सांयोजक कमल परियारले सफथ ग्रहण गराउनु भएको छ । सफथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दे परियारले  अब सयपत्रि सामुदायिक वनको उन्नति र प्रगतिका लागि वनको विद्यान र कार्ययोजना अनुसार वन ऐनमा रहेर कार्य गर्न सुझाव दिनु भएको थियो । उहांले वन ऐनमा रहेर वन ब्यवस्थापन,गरीव विपन्न र सामजिक क्षत्रे लगाएमा ध्यान दिएर समुहको विद्यानर कार्ययोजना अनुसार अघि बढेका कारण जिल्लाका पारिजात वनशक्ति,संसारकोट,सिता पोखरी जस्ता सामुदायिक वनहरुले अहिले प्रगती गरेको बताउदै अब सयपत्रि सामुदायिक वन ले पनि त्यसको अनुसरण गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । निर्वाच मंडलका संयोजक तथा सामुदायिक वन उपभोक्ता महासंघ,नवलपरासी जिल्ला अध्यक्ष कमल परियार को अध्यक्षता र सदस्य उत्तमध्वज के.सी.को संचालन रहेको उक्त सफथ ग्रहण कार्यक्रममा ,समुहका निवर्तमान अध्यक्ष लाल बहादुर गुरुङ्ग,बर्दघाट नगरपाकिा वडा नं.५ का वडाध्यक्ष रेश्मीराज भट्टराई,वडासदस्य,विष्णु पाण्डे लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.