Jilla Ban Notis

समृद्धिका लागि तीनै तहको सरकारले पानीलाई महत्व दिनुपर्ने

0 37

परासी, ९ चैत
समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न तीनै तहका सरकारको पहिलो प्राथमिकता पानीमा हुनुपर्ने सरोकारवाला पक्षहरुले बताएका छन् । २९ औँ विश्व पानी दिवसको अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजना, वास पत्रकार समूह पश्चिम नवलपरासीको सहआयोजना र जिल्ला समन्वय समितिको समन्वयमा आज परासीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले पानीलाई महत्व दिनुपर्र्नेमा जोड दिएका हुन् ।
स्वच्छ र सुरक्षित पानीको उपभोग गर्न पाउनु नागरिकको नैर्सगिक र मौलिक अधिकार भएपनि अझै पनि अधिकांश नागरिक शुद्ध पिउने पानीको पहुँचमा नरहेको उनीहरुको भनाई थियो । सहभागिहरुले स्थानीय सरकारले खानेपानी र सिँचाइको क्षेत्रमा चासो नदिएको गुनासो गरेका थिए ।
सडक, पुल लगायत भौतिक संरचनामा मात्रै ध्यान दिदाँ पानीमा स्थानीय सरकारको चासो नदेखिएको उनीहरुको दाबी थियो । बढ्दो औद्यँोगिकरण र प्रदुषणले पानीको स्रोत नाश हुँदै गएको भन्दै सहभागिहरुले चिन्ता व्यक्त गरेका थिए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, खानेपानी महासंघका लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे, भूमि सम्बन्धि समस्या समाधान आयोगकी जिल्ला अध्यक्ष विमला अर्याल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवाली,सिँचाइ महासंघका केन्द्रीय सदस्य हैदर अलि मोमिन, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, वास पत्रकार समूहका जिल्ला अध्यक्ष मोहन पौडेल, बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दघाटका अध्यक्ष वृहस्पति अधिकारी, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विष्णु भुसाल लगायतले पानीको महत्वबारे प्रकाश पार्नुभएको खानेपानी महासंघका जिल्ला सचिव देवीदत्त सापकोटाले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने गरिन्छ । पानीका स्रोतको सहि सदुपयोग र संरक्षणमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.