Sarawal sit lahar Notis

सबै जातजातीको पहिचान स्थापित हुन आवश्यक छ ः प्रदेश सभा सदस्य पाठक

0 34

 

कृष्ण ढकाल
बर्दघाट, पुस १३
संविधानको पूर्ण कार्यान्वयन गर्नसके सबै जातजातीको समान पहिचान स्थापित हुने लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बताउनु भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नवलपरासीले आयोजना गरेको २६०७ औं तमु ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले संविधानको कार्यान्वयन सँगै संघीयताको सही अभ्यास हुनु आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै जातजातीहरुको आ आफ्नो मौलिकता रहने भएकाले सबैको संस्कृतिको बिबिधताले सुन्दरता दिने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख रुद्रप्रकास उपाध्यायले सबै जात जातिका संस्कृतिमा सबैले गर्व गर्न सक्नुपर्ने बताउनु भएको थियो । उहाँले नगरपालिकाले प्रज्ञा प्रतिष्ठान मार्फत जात जाती र विभिन्न कला संस्कृतिको खोज र संरक्षणका लागि काम गरिरहेको समेत बताउनु भयो ।

जीसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङले गुरुङ जातिको आफ्नै भाषा र लिपि सँगै कला र संस्कृतिले भरिपूर्ण रहेको उल्लेख गर्दै नयाँ पुस्तामा पनि यसलाई जोगाइराख्ने जिम्मेवारी रहेको बताउनुभएको थियो ।
तमु पेल्हु संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक देवी बहादुर पछु तमुले आफ्नो भाषा संस्कृति छोड्दै जानु दुखद भएको बताउँदै पहिचान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

तमु पेल्हु संघ का जिल्ला अध्यक्ष वीर बहादुर तमु, बर्दघाट वडा नंबर १६ का पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य मिलन गुरुङ, पुराण गुरुङ तमु ह्युल छोंजधीं बर्दघाट ईकाई अध्यक्ष मोहन गुरुङ, तमुस्यो ह्युल छोंजधीं सुनवल ईकाई अध्यक्ष निसा तमुस्यो, थारु कल्याणकारी संघ नवलपरासी अध्यक्ष मुन्द्रिका चौधरी, नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका सचिव देवान गुरुङ, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम तमु ह्युल छोंजधीं गुरुङ राष्ट्रिय परिषद नवपरसिका अध्यक्ष ईन्द्र गुरुङको अध्यक्षता, नेपाल तमु विद्यार्थी छोजधी नवलपरासी जिल्ला उपाध्यक्ष खेम तमु को स्वागत र तमुस्यो ह्युल छोंजधीं नवलपरासीकी अध्यक्ष सीता दोर्जे गुरुङ को सञ्चालन रहेको थियो ।

Leave A Reply

Your email address will not be published.