Jilla Ban Notis

सदरमुकाम परासीमा लकडाउन फितलो ।

जनताहरु त्रसीत ,स्थानिय प्रशासन मौन ।

0 16

गौरीशंकर जयसावल
परासी बैशाख–२४
नवलपरासीको सदरमुकाम परासीमा लकडाउन फितलो भएको छ । सरकारले देशभर लकडाउन कडाई गरिरहदाँ परासी सदरमुकाममा भने लकडाउन फितलो भएको हो । सदरमुकाम मै लकडाउन फितलो हुदाँ जनताहरुमा त्रस बढेको छ । परासी सदरमुकाममा बिहान देखी नै बैंक, कृषि सहकारी संस्था पसल र अस्पतालमा मानिसहरुको भिडभाड लाग्ने गरेको छ । सदरमुकाम परासीमा यसरी नै दिनहुं भिडभाड गर्दा कोरोना संक्रमाणको जोखिम बढेको छ । मल बिउ खाद्यान्न सामाग्री सामाजिक सुरक्षा भत्ताको बहानमा सामाजिक दुरी कायम नगरी भिडभाड बढेकाले कोरोनाको उच्च जोखिम बढेको भन्दै स्थानिय नागरीकहरुले चिन्ता प्रकट गरेका छन् । बिहान देखी बैंक, मल बिउ र सामाजिक सुरक्षा भत्ताको बहानामा सामाजीक दुरी कायम नगरी मानिसहरुको भिड लाग्दाँ समेत स्थानिय प्रशासन मौन बसेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका छन् । स्थानिय प्रशासनले पहिला पासमा कडाई गरेपनि अहिले पास नलिएका सवारीसाधनहरु निर्बाध रुपमा सकडमा गुडिरहदाँ स्थानिय प्रशासन मौन देखिएको स्थानियवासीहरुको गुनासो रहेको छ ।
सरकारले पश्चिम नवलपरासीलाई रेड जोनमा राख्दाँ पनि स्थानिय प्रशासनले दिनहुँ सदरमुकाम परासीमा सामाजिक दुरी कायम नगरी भिडभाड लाग्दा समेत चुप लगेर बसेको छ । सडकमा पनि सवारीधनको संख्या बढेको छ । सवारी साधानहरु पनि सडकमा बिना पासका हिडेकै छन ।
प्रहरीलाई सदरमुकाममा नै यसरी लकडाउन किन फिलो भएको भनेर सोध्दाँ कडाई नगर्ने परासीमा डयुटीमा खटेका एक प्रहरीले नाम नबताउने सर्तमा माथिकै आदेश रहेको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.