Jilla Ban Notis

सगरमाथा सामुदायिक प्रतिष्ठान बर्दघाट–५,पाल्डाँडाद्धारा साँस्कृतिक कार्यक्रम सम्पन्न् ।

0 189

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–७
सगरमाथा सामुदायिक प्रतिष्ठान बर्दघाट–५,पाल्डाँडाले तिहार पर्वको अवसर पारेर सोमवार राती साँस्कृतिक कार्यक्रम सम्पन्न् गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर क्षेत्रीको अध्यक्षा र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको समुद्घाटन कार्य सम्पन्न् गरीएको थियो ।

साँस्कृतिक कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले वडानम्वर–५ लाई नगरको नमुना वडाका रुपमा विकास गर्ने गरी नगरपालिका अघि बढेको जानकारी गराउनु भएको थियो । त्यसैगरी विद्यालय छेउमा रहेको खेलमैदान,खजुरी खोलाछेउमा उद्योग ग्राम र कञ्चनकुटीमा धार्मिक तथा पर्यटकीय हिसावले सबैको आगमनहुने गरी पर्यटकिय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरको गहनाका रुपमा रहेको वडा नं. ५ को कञ्चनकुटीमा देशभरका पर्यटकहरुलाई भित्राउने गरी स्थानियवासी कम्मर कसेर लाग्न आग्रह गर्नु भएको थियो । पर्यटनक्षेत्रमा मानिसहरुको बढी रुचीहुने र त्यसको प्यास मेटाउनेगरी हामीले कञ्चनकुटीलाई सिगार्न सकेमा देशभरका पर्यटकहरुको आगमन बढेरजाने भएकाले सबै मिलेर त्यसको सुन्दरता बढाउन तर्फ लागनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा वडाअध्यक्ष बिमला गुरुङ्ग ,प्रतिष्ठानका संरक्षक क्याप्टन मान बहादुर थापा,सल्लाहकार उत्तम ध्वज के.सी. लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन पिपला थापाले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष क्षेत्रीले विभिन्न भेष भुषामा सजिएका कलाकारहरुले १८ बटा नृत्यहरुमा आफ्नो प्रस्तुती प्रस्तुत गरीने जानकारी गराउनु भएको थियो । नेपालीहरुको मौलिक संस्कृतिको संरक्षण र संवद्धन गर्ने उद्धेश्यले आयोजना गरेको उक्त कार्यक्रममा स्थानिय कलाकारहरुको प्रतिभा प्रस्तुत गर्ने सुनौलो अवसरमा रुपमा रहने महशुस गरी उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष गांगा क्षेत्रीले बताउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.