Jilla Ban Notis

संयमित भएर विकास निर्माणका काममा लाग्न मन्त्री चौधरीद्धारा निर्देशन ।

0 32

बर्दघाट,श्रावण–८
बैजनाथ चौधरीले नेकपाले इतिहासमै पहिलो पटक स्थिर सरकार संचालन गर्ने जिम्मेवारी पाएकोले नेता कार्यकर्ता संयमित भएर विकास निर्माण एंव पार्टीका काममा लाग्नुपर्ने प्रदेश पाँच सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बताउनुभएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलकी सासु आमाको नवौ दिनको पुण्य तिथिमा नेकपा बर्दघाट –१३ वडा कमिटीले लेबडामा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै कम्युनिष्ट पार्टीभित्र बहस हुने र बहसहरु बैठकबाट हल हुने जिकिर गर्नुभयो । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य एंव प्रदेश सहईञ्चार्ज समेत रहनुभएका मन्त्री चौधरीले पार्टी भित्र छलफल बहस हुने र बहसबाट कोही आत्तिन र नैराश्य हुनु जरुरी छैन पार्टी फुटदैन – कार्यकर्ताहरुलाई निर्देशन दिदै मन्त्री चौधरीले भन्नुभयो –निर्धक्क भएर काम गर्नुस । अनावश्यक टिकाटिप्पणी नगर्नुस । उहाँले पुरा ५ बर्ष यही सरकार जाने बताउनुभयो । नेता कार्यकर्ताले सरकारका राम्रा कामलाई निर्धक्क संग जनतामा लैजान निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय दिपेन्द्र कुमार अधिकारी,भगवती भण्डारी , सबिधानसभा सदस्य सिता वौडेल बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्याल पार्टीका प्रदेश सदस्य रामानन्द यादव , थान प्रसाद गैरे, शिवलाल कण्डेललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा उपप्रमुख पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष रेशम पाण्डेयको अध्यक्षता कृष्ण गौतम संचालनमा भएको कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले जिवनी माथि प्रकाश पार्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.