Jilla Ban Notis

संघियता कार्यवान्यन भएपछि बिकासको लहर शुरु भयो ः–मन्त्री चौधरी

0 31

गौरीशंकर जयसवाल

परासी १४ माघ
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार र सघियता कार्यवान्यन भएपछि बिकासको लहर छाएको बताएका छन । आज पश्चिम नवलपरासीको श्री लौकेश्वर सिचाई योजना सुनवलको पुन निमार्ण कार्यको शिलान्यास कार्यक्रममा मन्त्री चौुधरीले यस्तो बताएका हुन । बिगतमा रहेका पुुुरना संरचनाहरू जिर्ण भएको हुदाँ अगामि दिनमा आधुनिक बैज्ञानिक रुपमा संरचना बढाएर मात्र जनताको समस्या समाधान हुने बताए ।

लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका चौधरीले आफु प्रदेश सरकार मन्त्री भएपछि पश्चिम नवलपरासीका खोलाहरूमा पुल र गाउँ–गाउँमा सडक सञ्जाल निमार्ण सुरू गरेको दाबी गरे । मन्त्री चौधरीले प्रदेश सरकार गठन भएपछि प्रदेशका १२ वटाजिल्लामा बिकास निमार्णमा गाति लिएको बताए ।
बिकास निमार्णले गति लिएपछि जनताले संघियता कार्यवन्यनको अनुभूति गरिरहेको मन्त्री चौधरीको भनाई थियो । लौकेश्वर सिंचाई योजना निमार्ण सम्पन्न भएपछि ७ सय२० हेक्टरमा यसक्षेत्रका किसानहरु कृषि पेशा सिंचाई सुबिधा पाउने मन्त्री चौधरीले बताए ।
सिंचाईको सुबिधा पुयाई दिगो व्यवस्थापन गर्न उपयुक्त गरी उत्पादक कृषिमार्फत आर्थिक समृद्धी हांसील गर्नका निम्ती ५ सय २१ ठूला सिंचाई योजनाहरु संचालन आएको बताए । नवलपरासीमा ठूला–ठूला पुलहरु निमार्ण गर्नको निम्ती प्रदेश सरकारले अर्बको बजेट बिनीयोजन गरेको बताउदै अब केही दिनमा ती सबै पुलहरु शिलान्यास हुने भएको बताए ।

लौकेश्वर सिचाई योजना निमार्ण सम्पन्न र संचालन आएपछि ७ सय १२ हेक्टरमा कृषकहरु सिंचाई सुबिधा पाउने भएका छन । सुनवलको वडानं ४ सय १० रामग्राम १४ र १८ कृषकहरु लभाबिन्त हुने भएका छन । प्रदेश सरकारले जलस्रोत तथा सिचाई बिकास डिभिजन मार्फत लौकेश्वर सिचाई योजना निमार्ण गर्न २५ करोड ७४ लाख ७६ हजारमा ठेक्का मार्चवर चण्डी जेबी सिद्धार्थनगर रुपन्देही,बाबुल समिर जेभी भैरहवा र प्रकृतिक निमार्ण सेवा सिद्धर्थानगर लाई दिएको जलस्रोत तथा सिचाई बिकास डिभिजनका प्रमुख ध्रुब पौडेलले जानकारी दिए ।

श्री लौकेश्वर सिचाई जल उपभोक्ता समितीका अध्यक्ष शिवशंकर थारुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका सासद बैजनाथ जैसवाल,प्रमुख जिल्ला अधिकारी सागरमाणी पाठक,सुनवल नगरपालिकाको नगरउप–प्रमुख दधिराम अर्याल मन्त्री स्कृयसचिव राजन अर्चाय लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.