Sarawal sit lahar Notis

संकल्प बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापना दिवस मनायो ।

0 81

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३
संकल्प बहुउद्धेश्यीय सहकारी संस्था लि. बर्दघाटले आज आफ्नो १४ औं स्थापना दिवस मनाएको छ। संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखाका प्रबन्धक सविना पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

संस्थाको स्थापना दिवसको अवसर पारेर आज संस्थाका पूर्व कार्यसमितिलाई सम्मान गर्नुका साथै कर्मचारीहरुलाई पोशाक वितरण र सम्मान गर्नेकार्य सम्पन्न् गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले संकल्प बहुउद्धेश्यीय सहकारी संस्थाले क्रमिक रुपमा हरेक क्षेत्रमा सुधार गर्दे संस्थालाई सवल र सक्षम बनाउदै अघि बढेकाले राष्ट्रिय सहकारी बैंकवाट पुरस्कृत हुन सफल भएको बताउनु भएको थियो । त्यसैगरी सहकारीका सदस्यहरुको प्रविधि मैत्री भावनालाई मध्ये नजर गरेर सहकारी संस्थाका शेयर सदस्यहरुको माग बमोजिक अब राष्ट्रिय सहकारी बैंकले एटिएम कार्डको समेत ब्यवस्था गर्न लागेको जानकारी गराउनु भएको थियो ।
शाखा प्रबन्धक पोखरेलले सहकारीहरु बचत र ऋणको कारोवारमा मात्र नरहेर पछिल्लो समय उत्पादन र रोजगारीसंग जोडीन थालेको अवस्थामा संकल्प सहकारीले अघि सारेको कृषि तथा पशुपालनमा पनि प्रसस्त आम्दानी र रोजगारी रहेको भन्दै त्यसलाई ब्यवस्थीत र मर्यादिन बनाएर संचालन गर्न संस्थाका सरोकारवालाहरुलाई आग्रह गर्नु भएको थियो ।

विनोद कंडेलको संचालनमा भएको कार्यक्रममा संस्थाका संस्थापक चुरामणी भण्डारी,भोजराज ढकाल,राजु प्रसाद खनाल,बोल्गा नेपाल ,रविलाल पाण्डे ,कृष्ण ढकाल लगाएतले बोल्दै संस्थाको विगत केहि फरकपनको रहेपनि अहिले संस्थाले प्रगति तर्फ फड्को मारेको भन्दै सबैक्ताहरुले खुलेर प्रशंसा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.