Jilla Ban Notis

शैक्षिक नेतृत्वलाई खुल्ला पत्र ः थम अधिकारी

0 25

SEE एक दिन अघि स्थगित भयो । विद्यार्थी स्तब्ध ! Lockdown २ महिना भन्दा बढी भयो अझै जारी छ । कहिले सकिएला ? टुङ्गोपाङ्गो छैन । सबैमा आ–आफ्नै मानसिक पीडा छ । हामी र विशेष गरि सरकारमा निति निर्माण गर्ने विदहरुको सोच विद्यार्थीहरु परीक्षा दिनको लागि तयारी अवस्थामा छन् । आतुर छन् । शिक्षकरअभिभावकहरुको प्रत्यक्ष निगरानीमा छन् अझ भन्नु पर्दा यो कोरोनाको कारण लकडाउनको समय लम्बिएको हुँदा उनीहरुले पहिला आशा गरे भन्दा ग्रेडिङमा सुधार गर्नेछन् भन्ने बुझाई हामीमा रहेको छ । तर लामो समय नियमति पठन पाठनबाट बञ्चित हुनु परेको र परीक्षा हुने कि नहुने भन्ने विषयमा विद्यार्थीको कौतुहलता र यस विषयमा भएको बहस र देखिएको अन्यौलताले विद्यार्थीमा नैरस्यता, हतोत्साह र मनोबैज्ञानिक अवस्थामा नकरात्मक असर परेको छ । यस्तो अवस्थामा लिइएको परीक्षाले सही नतिजामा असर पार्दछ ।

तोकिएको समयमा परीक्षा स्थगित गरी जसरी अहिले पछुताउनु सिवाय अरु केही रहेन यसै गरि समयमै निर्णय गर्न ढिला हुन गयो भने एक शैक्षिक सत्र नै विर्सिदिनु पर्ने हुन्छ र पछि पश्चताप गरेर कुनै अर्थ रहदैन । सोच्ने समय सिद्धिसकेको हुँदा अभिलम्ब निर्णय गरि निकाश निकाल्नु पर्ने देखिन्छ ।

समय र परिस्थिति अनुसार हामी चल्नु पर्छ । अहिले कोरोनाको कहरमा हामी लकडाउनमा छौ । यसले पारेका प्रभावहरुलाई पनि सोही अनुसार व्यवस्थापन गर्दै लैजानु पर्ने हुन्छ । यसले गर्दा मेरो विचारमा भएका विभिन्न विकल्पहरु मध्ये लाएको उत्कृष्ट विकल्प विद्यार्थीहरुले आन्तरिक परीक्षामा ल्याएको अंकलाई आधार मानी विज्ञहरुले मुल्याङ्कन गरेर भविष्यमा अफ्ठ्यारो नपर्ने गरी नतिजा सार्वजनिक गरिदाँ उचित हुने थियो कि ?

Leave A Reply

Your email address will not be published.