Jilla Ban Notis

शीतलहर तथा चिसोबाट वच्न दाउरा वितरण ।

0 20

कृष्ण ढकाल
बर्दघाट,पौष–४
शीतलहर तथा चिसोबाट वच्न जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले आम नागरीकहरुलाई अनुरोध गरेको छ । त्यसैगरी शीतलहर तथा चिसोबाट प्रभावित विपन्न, असहाय र अशक्त अपाङ्गता
भएका व्यक्तिहरुलाई राहतका लागि शुक्रवार कार्यालयबाट २५ (पच्चीस) थान कम्बल उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । शीतलहर तथा चिसोबाट प्रभावितहरुको लागि जिल्लाका विहिवार विभिन्न ठाउँहरुमा दाउँरा वितरण गरिएको जनाएको छ । शुक्रवार सुनवल न.पा. ४ तुरीया चोक , बनकट्टी चोक,सुनवल चोक ,सोमनाथ चोक ,ज्यामीरे चोक ,भुमही चोक र सरावल गा.पा.को बासाचोक , बर्दघाट न.पा. ८ ,९ र १० को वडा कर्यालय अगाडी भुताहाचोक तथा ध्रुबटोलमा दाउरा वितरण गरीएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । वितरण गरीएका दाउरा जिल्ला वन पैदावार आपूर्ति समिति वाट रामग्राम नगरपालिका र सरावल गाउपालिकालाई २÷२ चट्टा दाउरा उपलब्ध गराईएको जनाईएको छ । त्यसैगरी सडकमा बेवारिसे रहेका बालबालिका, मागिखाई हिड्ने, वेवारिसे अवस्थाका मानिसहरुका लागि समेत जिल्ला प्रशासन कार्यालयबाट स्थानीय प्रहरी मार्फत कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.