Sarawal sit lahar Notis

शिवालय मन्दिर बर्दघाटमा आज देखि गणेशपुराण सप्ताह ज्ञान महायज्ञ शुरु ।

0 144

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३

नर्मदेश्वर शिवालय मन्दिर बर्दघाटको सभाहलमा आज देखि गणेशपुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । वैदिक सनातन धर्म,राष्ट्र शान्ति एवं लोक कल्याणार्थ र नर्मदेश्वर शिवालय मन्दिर बर्दघाटको अपुरो भौतिक संरचना पुरागर्ने लक्ष्य लिएर गणेशपुराण सप्ताह ज्ञान महायज्ञ शुरु गरीएको शिव मन्दिर विकास समिति बर्दघाटका अध्यक्ष डालाराज पाण्डेले बताउनु भएको छ ।

आज देखि शुरु भएको गणेश पुराण सप्ताह ज्ञान महायज्ञको बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको छ । यज्ञ समुद्घाटन गर्नेक्रममा नगर प्रमुख बस्यालले बर्दघाटको शिवालय क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढेको धारणा राख्नु भएको थियो । उहांले शिवालय क्षेत्रको विकास र संरक्षणका लागि आफुले आफ्नो तर्फवाट गर्न सक्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

यज्ञ समुद्घाटन कार्यक्रमको पूर्वसन्यामा नगरका विभिन्न आमा समुह तथा धार्मिक संघ संस्थाहरु र भजनमण्डलीका भक्तजनहरुले कलस यात्रा गर्दे नगर परिक्रमा गरेका थिए ।

शिव मन्दिर विकास समिति बर्दघाट–४,बर्दघाट र धर्म संरक्षण मञ्च मुल समिति,केन्द्रिय कार्यालय काठमाण्डौंको संयुक्त आयोजनामा शुरु गरीएको गणेश पुराण सप्ताह ज्ञान महायज्ञमा वृन्दावन धामकी गाणेश पुराण बाचक साध्वी पद्य्मा श्री किङकरी कथावाचक र ज्योर्तिविद्ध पंडित बालकृष्णजी सह वाचक रहेको महायज्ञ मुल समारोह समिति संयोजक नन्दलाल न्यौपानेले बताउनु भएको छ।

आज देखि १९ गते सम्म दिनमा कथा वाचन र रातमा झाँकी सहितको भजनकृर्तन गर्ने कार्यक्रम तयगरीएको शिव मन्दिर विकास समिति बर्दघाट–४,बर्दघाटकी सचिव देवि पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.