Jilla Ban Notis

शनिबारदेखि पश्चिम नवलपरासीमा अत्यावश्यक वस्तुका पसल मध्यान्ह १२ बजेसम्म खुल्ने

0 32

मोहन पौडेल

परासी, २३ जेठ

पश्चिम नवलपरासीमा भोली शनिबारदेखि जिल्लाभर विहानदेखि मध्यान्ह १२ बजेसम्म अत्यावश्यक वस्तु खरिदविक्रीका पसलहरु खुल्ने भएका छन् । जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको आज परासीमा बसेको बैठकले आवश्यक सुरक्षा सावधानी र सामाजिक दुरी कायम गरेर पसल खोल्न दिने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रमुखहरु, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागितामा बैठक भएको हो ।बैठकले कोरोनाबाट बच्ने गरी सुरक्षा र स्वास्थ्य सावधानीको उपाय र सामाजिक दुरी नअपनाई पसल सञ्चालन गरेको पाईएमा लकडाउन अवधि भर उक्त पसललाई बन्द गराउने निर्णय पनि गरेको अध्यक्ष शिवशंकर रायले जानकारी दिनुभयो । पसल सञ्चालकले मास्क, सेनिटाईजर लगायतको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्नेछ । सो को अनुगमनका लागि अनुगमन समिति पनि गठन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.