Jilla Ban Notis

व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन

0 26

भरतपुर, माघ २२
सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह, सडक निर्माण जस्ता पूर्वाधार निर्माणमा जोड दिइने भएको हो ।
“हामीले भौतिक पूर्वाधार मात्रै नभएर मानव जीवनको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने पूर्वाधार विकासका काम अगाडि सारेका छौँ”, मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले बताउनु भयो ।
सामाजिक पुँजीका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रूप दिने गरी मन्त्रालयले योजना अगाडि बढाएको छ ।
मन्त्रालयले आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसका छाना विस्थापन गर्ने योजना अगाडि सारेको छ । चालू आर्थिक वर्षमा एक लाख ५० हजार सुरक्षित नागरिक आवास भवन निर्माण गर्ने कार्यक्रम छ ।
यस्तै व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि देशभर हाल तीन सय किलोमिटर सडक कालोपत्रे, ४३ वटा ठूला बसपार्क, ४० वटा सभाहल तथा सिटी हल, ५० भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माणका योजना अगाडि सारिएको छ ।
देशभरका २७ वटा नयाँ सहर र भरतपुर महानगरसहित १४ वटा स्मार्ट सिटीका सहर निर्माणको योजना अघि बढाइएको सचिव सिंहले जानकारी दिनुभयो । मन्त्रालयले भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, भरतपुर महानगरमा १८ किलोमिटर सडक कालोपत्रे काम सकेको छ भने यसै आर्थिक वर्षमा ४२ किमी सडक निर्माणाधीन अवस्थामा छ । महानगर सिटी हल, रत्ननगर सभाहल, सौराहा सभाहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण पार्क, केन्द्रीय बसपार्क र देवघाट शव दाहसंस्कार गृह निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको छ ।
मन्त्रालयले अघि सारेका योजनामध्ये भरतपुर महानगर सिटी हल मुख्य योजना हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र एक विशेष समारोहबीच यसको शिलान्यास गर्नुभयो । सिटी हलका लागि मन्त्रालयले एक अर्ब २० करोड रुपियाँविनियोजन गरेको छ ।
यद्यपि, गत मङ्सिर १८ गते सम्झौता भई इन्डो, सगुन, रौताह जेभीले संयुक्त रूपमा निर्माण गर्न लागेको छ । यो योजनाका लागि ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपियाँ बजेटमा सम्झौता गरिएको छ । सिटी हल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । नेपाली मौलिक शैलीमा निर्माण गरिने यो हलमा दुई हजार जनासम्म अट्न सक्ने क्षमता रहनेछ. @गोरखपत्र अनलाईन

Leave A Reply

Your email address will not be published.