Jilla Ban Notis

विशासय सामुदायिक वन उपभोक्ता समुह सुनवलको वार्षिक साधारण सभा सम्पन्न । 

0 49

अमृता सुनार

सुनवल,पुष १२

विशासय सामुदायिक वन उपभोक्ता समुह सुनवल ६ नवलपरासीको १३ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उपभोक्ता समितिका अध्यक्ष तप सिंह दानीको अध्यक्षता एवम सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमख थापाले सामुदायिक बनहरुले बन क्षेत्रको बिस्तार सँगै जडिबुटि खेतिको बिस्तार गरि उपभोक्ताहरुलाई आर्थिक रुपमा सबल गराउदै लैजानु पर्नेमा जोड दिनुभएको थियो । जलबायु परिवर्तनले बिश्वलाई असर पारिरहेको अवस्थामा यस असरलाई केहि हद सम्म न्युनिकरण गर्न र बातावरणलाई स्वच्छ बनाउनमा सामुदायिक बनको महत्वपुर्ण भुमिका रहेकोे पनि बताउनुभयो । नगरप्रमुख थापाले हरियो बन सुनवलको धन भन्ने नारालाई आत्मसाथ गर्दै बिभिन्न कार्यक्रम ल्यायउनुपर्ने बताउनुभयो । कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, खानेपानी महासंघ केन्द्रीय सदस्य थान प्रसाद गैरे , रेशम शर्मा, महासंघ सुनवल अध्यक्ष दिलिप चापागाई, कार्यपालिका सदस्य शान्ता भण्डारी , वडा नं १ वडा सदस्य मन बहादुर थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य , संस्थापक अध्यक्ष रुद्रनाथ लामिछाने लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन सस्थाका अध्यक्ष तप सिंहदानीले र कोषअध्यक्षको प्रतिवेदन सस्थाका कोष्अध्यक्ष अनिता भटराईले प्रस्तुत गर्नुभएको थियो । सस्थाका सहकोषाध्यक्ष सिता कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सस्थाका सचिव खगेश्वर भुषालले गर्नुभएको थियो । कुल १ हजार ४ सय ३२ घरधुरी आवद्ध रहेको यस सामुदायिक वन ४६८.३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.