Jilla Ban Notis

वन डढेलो रोकथाम तथा नियन्त्रणको लागि जुट्दै सामुदायिक वनहरु

0 42

कृष्ण ढकाल

बर्दघाट,चैत्र–८

गर्मीयाम शुरु भएसँगै नवलपरासी जिल्लाका सामुदायिक वनका पदाधिकारीहरु बनमा लाग्ने डढेलो रोकथाम तथा नियन्त्रणको लागि जुट्न थालेका छन् ।

वन डढेलो नियन्त्रणका लागी समयमा नै पुर्वतयारी गर्न आबश्यक रहेको भन्दै सामुदायिक वनको छाता संगठन सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीले आफुसंग आवद्धरहेका सामुदायिक वनहरुलाई जनचेतना मुलक अभियान संचालन गरेको छ ।

अभियानकै क्रममा यहि चैत्र ११ गते जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणको लागि सचेतना मुलक मोटर साईकिल र्याली गर्ने तयारीमा जुटेको छ ।

त्यसैगरी अभियान अन्त्रगत डिभिजन वन कार्यालय नवलपरासीको आर्थिक सहयोगमा आज जिल्लाका १० बढी सामुदायिक वनका पदाधिकारीहरु संग वन डढेलो रोकथाम सम्बन्धि अन्तरक्रिया गोष्ठी  सृष्टि सामुदायिक वन सरावल–१ स्यालवासमा सम्पन्न् गरेको थियो ।

कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले जिविकोपार्जनमा वन र वनका निति तथा कानुनी पाटोका वारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी बर्दघाट–सरावल सब डिभिजन वन कार्यालयका प्रमुख गिरीराज पन्थले वन डढेलो रोकथाम र नियन्त्रणका वारेमा जानकारी गराउनु भएको थियो भने सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीका अध्यक्ष कमल परियारले वनमा हुने सुसासनका वारेमा जानकारी गराउनु भएको थियो ।

पश्चिम नवलपरासीमा अहिले ५९ वटा सामुदायिक वनहरु दर्ता भएर संचालनमा रहेका छन भने ५ वटा प्रस्तावित सामुदायिक वनका रुपमा कार्य गरेका छन् ।

Leave A Reply

Your email address will not be published.