Jilla Ban Notis

वडानं ६ मा वडामै वडाकार्यालय स्थापना र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थपान

0 20

गौरीशंक जयसवाल

परासी ५ असार

रामग्राम नगरपालिकाले वडानं ६ को वडा कार्यालय आफ्नै वडामा स्थापना गरेको छ । आज रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उक्त वडा कार्यालय र सोही स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र समेत स्थापना गरेको छ । वडाकार्यालय स्थापना संगै अब वडावासीहरु परासीमा रहेको वडा कार्यालय जाने बाध्यता हटेको छ । रामग्राम न.पा वडा नं ६ को गाउमै वडा कार्यालय स्थापना भएपछि वडाबासीहरु हर्षित भएका छन् । उद्घाटन गर्दै नगरप्रमुख गुप्ताले नगरपालिकाले वडाबाटै सेवा बिस्तारसंगै वडाको बिकास निमार्ण काम पनि आगाडी बढाउदै लैजाने बताउनु भएको थियो । नगरपालिकाले अहिले जुन ठाऊमा संयुक्त वडाकार्यालयबाट सयुक्त सेबा दिईरहे भएपनि अब ती वडाहरुलाई बिकेन्द्रित गर्ने र भौतिक संरचना निमार्ण गरेर आफ्नै वडाहरुमा वडा कार्यालयहरु संचलन गर्ने बताउनु भयो । नगरपालिकाले ३७ लाख बराबरको आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रत्येक वडाहरुमा संचालन गर्ने र प्रत्येक वडामा वडाकार्यालय स्थापन गर्ने योजनामा अघि बढेको नगरप्रमुख गुुप्ताले बताउनु भयो । वडानं ६ का वडाअध्यक्ष जितेन्द्र प्रसासद अग्रहरीको अध्यक्ष्तामा भएको उद्घाटन कार्याक्रममा वडानं ५ का वडाअध्यक्ष बिनोद कुवर,नेपाली कांग्रेस नगर समितीका नगरसभापति नारायाण रेग्मी नेकपाका नगर ईचार्ज बुद्धन अली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी,उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डेय लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.