Jado Notish Bardaghat

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपाल नवलपरासीको अध्यक्षमा ः आले

0 58

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपाल नवलपरासीको शुक्रवार भएको प्रथम जिल्ला भेलाले गोपाल सिंह आलेको अध्यक्ष्ँतामा नयां कमिटि गठन गरेको छ ।
उपाध्यक्षमा मान बहादुर थापा,सचिवमा सन्तोष श्रेष्ठ ,सह–सचिवमा डोल कुमारी चौधरी र कोषाध्यक्षमा रामराज श्रेष्ठलाई चयन गरेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपालकी केन्द्रिय सह–कोषाध्यक्ष सिन्दु जलेसाले जानकारी दिनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं निवार्चन क्षेत्र नं. १ का ईन्र्चाज गोपाल सिंह आलेको अध्यक्षता र लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपालका केन्द्रिय महासचिब पेम्बा गुरुङ्ग भोटेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि पेम्बा गुरुङ्ग भोटेले जिल्लाका सबै तह र तप्कामा रहने संघ संस्था र कमिटिहरुमा समानुपातिक समावेसीक सहभागिताका आधारमा जनजातीहरु नेतृत्वमा रहनु पर्ने धारणा राख्नु भएको थियो । उहांले कतियप स्थानमा रहेको जातीय प्रभावलाई मध्यनजर गरी ब्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर जनजातीहरु नेतृत्वमा जाने पहल गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा संविद्यान सभा सदस्य सिन्धु जलेसा,धिरज शर्मा बस्याल,राजु हरिजन,सुखाडी चौधरी,ओम पुन,रविन्द्र विक्रम हमाल,सुबोधजागृत बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संन्चालन टेक बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.