Jado Notish Bardaghat

लायन्स क्लब अफ नवलपरासी दाउन्नेसंग ब्लडबैंक र स्मार्ट पार्क निमार्णको प्रस्ताव माग ।

0 112

कृष्ण ढकाल
बर्दघाट,असार,१६
लायन्स क्लब अफ नवलपरासी दाउन्नेको अवार्ड सेरेमोनी एण्ड हेन्ड्स ओभर ,टेकओभर प्रोग्राम सम्पन्न् भएको छ । बर्ष २०२२/०२३ का अध्यक्ष भिमप्रसाद सुवेदी (मनोज)को कार्यकाल सु–सम्पन्न् भएसंगै आज बर्ष २०२३/०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठलाई सुवेदीले पदहस्तान्त्रण गर्नु भएको हो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको १४ औं अध्यक्षका रुपमा रहनु भएका सुवेदीले आफ्नो कार्यकालमा ३० बढी सामाजिक सेवामा समर्पित कार्यहरु सु–सम्पन्न गरेको भिडियो रिपोर्ट कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

यसअघिका अध्यक्षहरु भन्दा फरक पहिचान दिने कोसिस गर्नुभएका सुवेदीले आफ्नो कार्यकालमा आफुलाई सफल बनाउने सहकर्मी तथा अग्रजहरुलाई विभिन्न अवार्डहरु मार्फत सम्मान समेत गर्नुभएको थियो ।

बर्ष २०२२÷०२३ का अध्यक्ष भिमप्रसाद सुवेदी (मनोज)ले आफ्नो कार्यकालको वेष्ट गार्जेन्सि अवार्ड युवराज डुम्रेलाई प्रदान गर्नु भएको थियो भने एक्टिभ पार्टिसिपेन्ट अवार्ड छविलाल ढकाललाई प्रदान गर्नु भएको थियो । त्यसैगरी सपोटिभ एडभाईजर अवार्ड कमल पौडेललाई प्रदान गर्नु भएको थियो भने जिल्लामै सबैभन्दा बढि रक्तदान गराउन सफल भएको भन्दै काईन्नेस्ट अवार्डवाट विष्णु वस्नेतलाई सम्मान गर्नु भएको थियो । यसरी १० वटा विधामा बिभिन्न ब्यीक्तहरुलाई अवार्ड वितरण गर्नु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्ने बर्ष २०२२/०२३ का सचिव संदेश भण्डारीको संचालन संगै हेन्डओभर भएको कार्यक्रमलाई बर्ष २०२३/०२४ का सचिव अर्जुन पौडेलले संचालन गर्नु भएको थियो ।

अवार्ड सेरेमोनी एण्ड हेन्ड्स ओभर ,टेकओभर प्रोग्राममा बोल्दै प्रमुख अतिथि एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाज सुधार र रुपान्तरणका लागि लायन्स क्लब अफ नवलपरासी दाउन्नेसंग सहकार्यगरी अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले चिसापानी अस्पतालमा ब्लड बैंक संचालन गर्ने कार्यमा र बर्दघाटको त्रिवेणी चोक माथीको एस.मोडमा स्मार्ट पार्क बनाउने कार्र्यमा लायन्स क्लबसंग सहकार्य गर्न सकिने भन्दै त्यसका लागि नगरपालिकामा प्रपोजल पेशगर्न आग्रह गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बिषेश अतिथि एवं लायन्स क्लब अफ ईन्टरनेश्नल डिस्टिक ३२५ पि का डिस्टिक गभर्नर पि.एम.जे.एफ अर्जुनमान सैजुले जिल्लाका सबै क्लबहरुलाई बलियो बनाउने योजना आफुहरुले लिएको बताउनु भएको थियो ।
संस्थाको नेतृत्व र पदका लागि राजनीति गर्न भन्दा संस्थाको विकास र समाजसेवाका लागि राजनिती गर्न सबैसंग आग्रह पनि गर्नु भएको थियो । लायन्स क्बल भनेको दिन सक्नेहरुको संस्था भएकाले विश्वले लायन्सहरु प्रति विस्वास गरेको संस्थालाई बर्दघाट नगरले पनि विश्वास गरेर लायन्स गरेर सामाज सेवामा हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै एम.जे.एफ लायन्स पुरुषोत्तमभक्त प्रद्यानाङ्कले नवलपरासी जिल्ला लायन्सको उर्भरभुमि रहेको बताउनु भएको थियो । उहांले बर्दघाटक्षेत्रका युवाहरुको नेतृत्व र ब्यक्तितव विकासमा लायन्सको महत्वपूर्ण भुमिका रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा ए.ओ.जी लायन्स युवराज डुम्रेले लायन्स क्लब अफ नवलपरासी दाउन्नेले बर्दघाट–१४,चौपत्तामा रहेको सामुदायिक अस्पतालसंग सहकार्य गरेर आँखा हस्पिटल संचालन गर्ने योजनामा रहेको धारणा राख्नु भएको थियो भने बर्दघाट नगरसंग सहकार्य गरी नगरमा एउटा राम्रो पार्क बनाउने गरी दुईवटा मेघा प्रजोक्टको सोंच अघिसारेको धारण राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.