Jilla Ban Notis

लागु औषध सहित दुई जना पक्राउ

0 29

भुमही,मंसिर १०

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तनहु जिल्ला भानु नगरपालिका वडा नम्बर एक बस्ने १९ बर्षिय गोपाल परियार र सोहि जिल्ला बन्दीपुर गाउपालिका ४ बस्ने २० बर्षिय संगम थापा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीचोक महेन्द्रराजमार्गमा दक्षिणबाट पुर्व तर्फ जादै गरेको ग १ च ८७२५ नम्बरको टाटा सफारी जिपलाइ शंका लागी चेकजाच गर्ने क्रममा जिपको अगाडीको बर्नटमा पछाडि भिर्ने कालो झोलामा पत्रिकाले बेरी लूकाइ छिपाइ राखेको अवस्थामा डाइजोपाम एक सय चौबिस एम्पुल, नोर्फिन १सय २४ एम्पुल, र प्रोमिठाजाइम १ सय २४ एम्पुल, गरी तीन सय ७२ एम्पुल लागु औषध फेला पारेको छ । पक्राउ परेका परियार र थापालाइ लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.