Jilla Ban Notis

लघु घरेलु तथा साना उद्यमिलाई हेर्ने दृष्टिकोण विस्तारै परिर्वतन हुदै गएको ः सिंह

0 32

गौैरीशंकर जयसवाल

परासी १८ पुस
घरेलु तथा साना उद्योग महासंघका कार्याबहक राष्टिय अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्यमिलाई हेर्ने सरकारको दृष्टिकोण विस्तारै परिर्वतन हुदै गएको बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासीको १६ औ वार्षिक साधारण सभा तथा नवौ अधिवेशन भुमहिमा सम्बोधन गदै सिंहले वर्तमान सरकारले बजेट निर्माण देखि मौद्रिक निति तय गर्दा पनि साना उद्यमिको राय सुझाव लिएको बताए । उद्यमि र व्यवसायको उत्थानका लागी महासंघले दिएका ६२ बुँदा सुझाव मध्ये ५७ ओटा बुँदा कार्यन्वयन भएको भन्दै कार्यबहाक अध्यक्ष सिंहले उद्यमिहरुका लागी अहिले ठुलो अवसर सृजना भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले प्रदेश सरकारले उद्यमिको हित अनुरुप काम गर्न नसकेको बताए । नामका लागी मात्रै केहि कार्यक्रम आएको तर साना उद्यमिको वास्तविक हित हुने कार्यक्रम आउन नसकेको जिकीर गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर प्रसाद रायले अहिले स्थानिय स्तरमा काम गर्न बजेट अभाव नरहेको बताउदै केन्द्र देखि स्थानिय सरकारले बजेट छुट्टाईरहेको बताए ।

महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्र प्रसाद भुषाल, घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, महासंघका केन्द्रिय सदस्य प्रदिप उदय, प्रदेश महिला उद्यमि समिति सदस्य शान्ती शर्मा, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा, महिला उद्यमि समिति सभापति तारा आचार्य लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत तथा कोषाध्यक्ष तेज प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न स्थानिय तहमा लघु घरेलु तथा साना उद्यम गर्दे आएका उद्यमिहरुलाई सम्मान पनि गरिएको छ । रामग्राम नगरपालीका वडा नम्बर १० मा रहेको सफल गाँउ कृषि फर्मका संञ्चालक देवेन्द्र चौधरी, सुनवल नगरपालीका बाट सिलाई कटाई र हस्तकलाको काम गर्दे आउनुभएकि वडा नम्बर १ कि चन्दा गुरुङ्ग, सुस्ता गाँउपालीका बाट बशिष्ठ डेरी उद्योगका संञ्चालक श्याम सुन्दर भट्टराई, सरावल गाँउपालीकाबाट पेन्टिङ्गमा विशेष दख्खल राख्ने बिके आर्ट ग्यालेरीका संञ्चालक नर बहादुर बि.क र पाल्हीनन्दन गाँउपालीकाबाट वडा नम्बरर १ का काष्ठ उद्यमि जगई बढई सम्मानित हु गरिएको महासंघका सचिव राजन कुमार आचार्यले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको नबौ अधिबेशबाट पुन मेघराज गौतमको नेतृत्वतमा २५ सदस्य निबिरोध कार्य समिती चयन गरेको छ । यस्तै समितीको बरिष्ठ उपाध्यक्षमा राजकुमार रेश्मी,उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय,महासचिवमा राजनकुमार अचार्य,र कोषाध्यक्षमा तेजप्रसाद भण्डारी चयन भएका छन । यस्तै सदस्यहरुमा हिमाल चापागाई,मुरली गौतम,रामदायल तेली,खगेश्वर भुसाल,मन्जु खत्री,देबेन्द्र चौधरी,किशुन कुमारी चौधरी,राधिका पराजुली,अमरीक थारुनी,प्रबिन अमात्य लगायतले चयन भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एव निर्वाचान अधिकृत उमानाथ पोखरेरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.