Jilla Ban Notis

लकडाउनलाई सवैले उच्च सतर्कता र सजगता अपनाउदैँ पूर्ण पालना गर्न नेपाल कम्युनिष्ट पार्टी नवलपरासीको अनुरोध

0 30
कृष्ण ढकाल
बर्दघाट,चैत्र,–२४
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभीड–१९ ) को जोखिमलाई मध्यनजर गर्दै आम नेपाली जनतालाई उक्त जोखिमबाट बचाउन नेपाल सरकारले गरेको लकडाउनलाई सवैले उच्च सतर्कता र सजगता अपनाउदैँ  पूर्ण पालना गर्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)ले सम्पूर्णमा आवाहन गरेको छ । सोमवार एक विज्ञप्ती जारी गरी नेकपाले उक्त आवाहन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद र जिल्ला सचिव तुलसी पासीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सो कुरा उल्लेख गरीएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सवैले उच्च सतर्कता र सजगता अपनाउदैँ लकडाउनको पूर्ण पालना नगरे विकराल अवस्था आउन सक्ने संभावना भएकाले समयमा नै सजक र सचेत हुन विज्ञप्ती मार्फत आवाहन गरीएको छ । यो समयमा घरभित्रै बस्ने, सरसफाईमा ध्यान दिने, साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने, अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कने तथा आफ्नो गाउँठाउँमा भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरुको बारेमा स्थानीय तह वा प्रहरी प्रशासनलाई सूचना प्रवाह गरी कोरोनाको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासी विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
लकडाउनको मौका छोपि अहिले पनि भारतीय सीमा नाकाबाट लुकिछिपी व्यक्तिहरुको आवागमन तथा तस्करी भईरहेको भन्ने जनगुनासो व्यापक मात्रामा सुनिएकोले यसप्रति गम्भीर भई उच्च सतर्कता र निगरानी गरी सजगता अपनाउन जिल्ला प्रशासन तथा सुरक्षानिकायलाई हार्दिक अनुरोध गर्दछौँ विज्ञप्तीमा भनिएको छ । त्यस्तैगरी  कोरोना भाईरस र त्यसबाट जोगिन पार्टी, जनवर्गीय संगठन लगायत सम्पूर्ण पार्टी पंक्ति तथा आम नागरिकलाई सचेत रहन  पनि आवाहन गरीएको छ भने लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने श्रमिक वर्ग यतिबेला बेरोजगार भई छाक टार्नसमेत धौधौ भएको अवस्था मा ती वर्गहरुलाई राहतको नाममा विभिन्न व्यक्तिहरुले आफूखुशी राहत बाँडेको र त्यसो गर्दा कसैले पाईरहने कसैले नपाउने स्थिति आएको भन्ने जनगुनासो पनि आएकोले ती मजदुर वर्गलाई स्थानीय तहमार्फत नेपाल सरकारको निर्देशन बमोजिम एकद्धार प्रणालीमा र भीडभाड नहुने गरी राहत उपलब्ध गर्ने गराउने व्यवस्था गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउन चाहन्छौँ  विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरी
अतिविपन्न तथा मजदुर वर्गको दैनिक जीवनयापन सहज बनाउनका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले जिल्ला स्तरमा राहत सङ्कलन गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने भएकोले स्थानीय स्तरका पार्टीका नेता, कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्यहरु तथा आम शुभेच्छुक महानुभावनलाई सक्दो आर्थिक सहयोगको व्यवस्था गरी राहत कार्यमा योगदान गर्न समेत आवाहन गरेको  छ भने  कृषकहरु कृषि कार्यमा व्यस्त हुने समय भएकाले सामाजिक दुरी कायम गरी जिल्ला प्रशासन वा स्थानीय तहको अनुमतिमा कम्बाईन, थ्रेसर लगायतका कृषि औजारको प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.