Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल, नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक

0 65

चैत्र–८
नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक (सन्तोष) सर्वसम्मत चयन हुनभएको छ । बुधवार प्रतापपुरको बेलाटारीमा सम्म १० औ अधिवेशन बाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष हुनुहुन्थ्यो । नवनिर्वाचित कमिटिको उपाध्यक्षमा धन प्रसाद भट्टराई, सचिवमा बिनोद पुन, कोषाध्यक्षमा उमेश सहानी, सहसचिवद्धयमा सन्दिप अधिकारी र सन्देश गुरुङ्ग सर्वसम्मत चयन हुनुभएको युवा नेता युवराज डुम्रेले जानकारी दिनुभयो । अधिवेशनबाट ५५ सदस्यि युवासंघको जिल्ला कमिटि चयन गरिएको छ ।

त्यसअघि बेलाटारीमा भएको अधिवेशनको उद्घाट सत्रमा बोल्दै युवा संघका केन्द्रियअध्यक्ष किरण पौडेलले नयाँ आएका पार्टीले युवाहरुलाई भड्काई रहेको आरोप लगाउनुभएको थियो । ‘नयाँ आएका रंगिचङ्गि दलले अफवाह फैलाएर युवाहरुलाई भड्काउन खोज्दै छन् हामि सचेत हुनुपर्छ” पौडेलले भन्नुभयो । उहाँले अब एक जुट भएर पार्टीलाई सहि दिशामा डोर्याउन लाग्नुपर्ने बताउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.