Jilla Ban Notis

रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजना सुनवलको टोली वजेट माग्न मन्त्रालय पुग्यो ।

0 39

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९
रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजना सुनवलले खानेपानीको शुद्धिकरणका लागि डिपिआर तयार गरि आवस्यक बजेट माग गर्न आज प्रदेश सरकारसंग बटवल पुगेको थियो । खानेपानी आयोजनाद्वारा वडा नम्बर ११ र १२ मा बितरित बाहुन्जय मुहानको खानेपानीको शुद्धिकरणका लागि आवश्यक वजेटको ब्यवस्था मिलाई दिन माग गर्दै आयोजनाको टोली भौतिक पुर्वाधार बिकास मन्त्रालय पुगेको थियो । टालीले प्रदेश सरकारका प्रब्ता तथा ५ नम्बर प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रालयका मन्त्री बैजनाथ चौधरीसमक्ष पुगेर खानेपानीको शुद्धिकरणका लागि आवस्यक बजेटको ब्यवस्था गर्न भन्दै माग पत्र समेत पेश गरेको छ ।

Leave A Reply

Your email address will not be published.