Jilla Ban Notis

रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजना सुनवल–१२ हरकट्टाको संयुक्त बैठक सम्पन्न् ।

0 59

कृष्ण ढकाल
बर्दघाट,असोज–२३
रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजना सुनवल–१२ हरकट्टाको संयुक्त बैठक सम्पन्न् भएको छ । आयोजनाको संचालक समिती ,लेखा समिती र सल्लाहकार समितिको आज भएको संयुक्त बैठकमा आ.व.२०७६÷०७७ को लेखापरीक्षण प्रतिबेदन र अहिले सम्म गरीएका कार्य सम्पादनका वारेमा छलफल केन्द्रीत रहेको आयोजनाका कार्यसमिति सदस्य दिपक रानाले जानकारी दिनु भएको छ ।

आयोजना ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता र सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त संयुक्त बैठकमा रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजनाका ब्यवस्थापक एम प्रसाद खनालले अहिले सम्मको सेवा प्रवाहको अवस्था र आयोजनाहरु संचालन र आर्थिक कारोवारको अवस्थाका वारेमा सलाईट सो मार्फत जानकारी प्रदान गर्नु भएको थियो ।

बैठकमा साविकको रामनगर क्षेत्रका हरेक स्थानमा आफ्नो सेवा विस्तार गर्ने देखि फिल्टर प्लान्ट र डिपिआरका विषयमा समेत छलफल केन्द्रीत भएको बताईएको छ । त्यसैगरी आयोजनाको वार्षीक साधारण सभा गर्ने समय समेत भएकाले त्यसलाई के गर्ने ? भन्ने विषयमा समेत छलफल केन्द्रीत भएपनि अहिलेको समयमा सबै उपभोक्तहरुलाई जम्मा गर्न सक्ने कुनै विकल्प नरहेका कारण केहि समय पछि त्यसको निधोगर्ने गरी आजको बैठक सकिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.