Palhinandan Jado

रामग्राम नगरपालिकाले ६२ करोड २२ लाख रुपैया अनुदान रकम पाउने

0 8

गौरी शंकर जयसवाल
परासी, १० चैत्र
रामग्राम नगरपालिकाले ६२ करोड २२ लाख रुपैया अनुदान रकम पाउने भएको छ । नवलपरासीको रामग्राम नगरक्षेत्रको सहरी क्षेत्रमा भौतिक पुर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ६२ करोड २२ लाख रुपैया बजेट अनुदानमा दिने भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरुलाई व्यस्थित गर्न भौतिक पुर्वाधार विकासमा उक्त बजेट खर्च गरिने नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका छन।
नेपाल सरकारले सहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानिय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी सासकिय भौतिकपुर्वाधार विकास परियोजना लागु गरेको छ जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको हो ।
ढाई बर्षको प्रयासपछि गत फागुन २१ गते उक्त एनयुजी आईपी परियोजना कार्यान्वयका लागि रामग्राम नगरपालिका र शहरी विकास विभाग बिच सम्झौता भै प्रक्रिया अगाडी बढिरहेको नगर प्रमुख गुप्ताले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।
देशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पुर्ण प्रकृया अगाडी बढाउन शहरी विभागमा एकछुट्टै युनिट पनि खडा गरिएको छ । परियोजना सम्झौता भएदेखि ५ बर्ष भित्र उक्त परियोजना सम्पन्न गर्नु पर्ने हुन्छ ।
नगरपालिकाले यसै आर्थिक बर्षमै कुन क्षेत्रमा कस्तो कस्तो योजनामा काम गर्ने सोको छनौट गरि डिपिआर गरि ठेक्का प्रक्रिया समेत अगाडी बढाउने योजनामा रहेको नगर प्रमुख गुप्ताले जानकारी दिए।
यसको लागि नगरपालिकाले छिटै कन्सल्टेन्ट नियुक्त गरि योजनाको डिजाईन, लागत स्टिमेट, टेण्डर र सुपरिभिजन लगायतका कार्यमा तिब्रता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिएका छन् ।
यस परियोजनालाई गुणस्तरीय रुपमा समयमा सम्पन्न गराउन नगरपालिकाले पनि प्राविधिक सहितको एक युनिट खडा गर्नेछ जसले योजनाको नियमित अनुगमन गर्ने र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताए ।

Leave A Reply

Your email address will not be published.